अमेरिकामा राइफल पड्काउँदै ‘मेरी बास्सै’को छायांकन
विकास राज न्यौपाने
चर्चित हाँस्य सिरियल ‘मेरी बास्सै’का मुख्य कलाकार सिताराम कट्टेल(धुर्मुस), कुञ्जना घिमिरे(सुन्तली) अहिले आफ्नो प्रस्तुतीहरु लिएर अमेरिकामा छन् ।
यो अभियानका लागि सितारामले अमेरिकापछि अष्ट्रेलिया पनि जाने बताए । उनले राजनैतिक परिवर्तका लागि समय-समयमा सडकमा आउने काम भएको भन्दै अब देश निर्माणमा जुट्नु पर्ने बताए ।
नेपाली समुदायले आफूहरुको अभियानमा साथ दिने दुई कलाकारको विश्वास छ । अमेरिकामा नै आएको समयमा ‘मेरी बास्सै’को छायांकन पनि सुरु गरिएको छ । ‘मेरी बास्सै’को ८० औं भागमा ‘राइफल पड्काएर’ थेगो सहित कलाकार शंकरराज वाग्लेले ७ बर्षपछि अभिनयमा फर्किएका छन् ।
हिमालय खबर डटकमका प्रधान सम्पादक विकासराज न्यौपानेले अमेरिकामा यो हाँस्य सिरियलको छायांकन गरेका छन् । source: onlinekhabar
