मिन्स भएको कति दिनमा बच्चा बस्छ जानी राखौ....



पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ । बच्चा प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ ।

यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीट मध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बा बाहिनी नलीसम्म पुग्छन । त्यहाँ परिपक्व भएको डिम्ब अण्डा सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू आबश्यक पर्छ । १ डिम्ब निष्कासन २। यौन सम्पर्क ३। वीर्य स्खलन, ४। डिम्ब निषेचन तथा ५। डिम्बरोपण। एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के छ भने डिम्ब निस्किएको १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी नै बाच्न सक्छन । त्यसैले डिम्ब निस्कनु केही अघि र केही दिनपछिको समयलाई असुरक्षित गर्भधारण काल मानिन्छ।  source taja-khabar




प्रतिक्रिया दिनुहोस्...