.एसिड आक्रमणकारी जीवनले अदालती बयानमै भने ‘सिमा मलाई माफ गर’



‘मैले पुलिस दाईहरुसँग भनिसकेको छु, आज पनि कुरा त्यही हो । मलाई अपमान गर्ने र मेरो प्रेमलाई जातका कारण धोका दिने संगीता पुलामी मगरलाई एसिड हाँनेको हुँ ।

म जतिको प्रेमी वा श्रीमान भविश्यमा नपाओस् भन्ने मेरो कामना छ’ हातको नङ कोट्याउँदै एसिड आक्रमणकारी जीवन विकले गत मंगलबार काठमाडौं जिल्ला अदालतमा भने ‘ तर आज हृदयको गहिराईदेखि सिमा बस्नेतसँग माफी माग्छु, मलाई माफ गर सिमा । तिम्रो सुन्दरता विगार्ने मेरो उदेश्य होइन, धोकाको बदला धोकेवाजबाट लिन खोज्दा तिमी परयो ।’





१० फागुनमा एसएलसी परीक्षाको तयारी कक्षा पढन पुगेका दुई किशोरीमाथी एसिड प्रहार गर्ने जीवन बिकले काठमाडौं जिल्ला अदालतको बयानमै एसिड पिडीत छात्रा सिमा बस्नेतसँग माफी मागेका छन् । अदालती बयानमै उनले आफ्नो प्रतिसोध संगीता पुलामी मगरसँग भएको तर सिमा बस्नेतसँग नभएको साबिति बयान दिएका छन् । ‘मैले सिमालाई राम्रोसँग चिनेकै थिइन, तर मेरो प्रेम प्रतिसोधको शिकार उनी भइन’ अदालतको बयानमा बिकले भनेका छन् ‘सिमाप्रति पुग्न गएको क्षतिले मेरो छाति पोलेको छ, तर संगीताको सुन्दरता बिगार्न पाएकोमा अत्यधिक खुसी छु ।’

१० फागुनमा संगीता र सिमालाई एसिड आक्रमण गर्ने विकलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । १२ बर्षसम्म कैद सजाय माग गरिएको उनको मुद्दा जिल्ला अदातलमा बिचाराधीन छ । तर बिकले संगीतासँगको प्रेम सम्बन्धका बारेमा भने अदालती बयानमा समेत उल्लेख गरेका छन् । उनले अदालती बयानमा सिमासँग भेट गर्न सके खुट्टा समोतर माफी माग्न चाहेको समेत उल्लेख गरेका छन् ।
एसिड आक्रमणपछि पक्राउ परेका बिक अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा समेत मुस्काउँदै थिए । दुई हातमा हत्कडी लगाएको भएपनि नेता शैलीमा हात हल्लाउँदै प्रहरी भेनमा बसेका थिए । उनको प्रारम्भीक सुनुवाई हुने दिन विहीबार संगीताका आफ्न्त पनि अदालतमा उपस्थित भएका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar




प्रतिक्रिया दिनुहोस्...