'आज मिति . २०७२ साल वैशाख ०८ गते मंगलबार आनुसार तपाइको राशिफल यसप्रकार छन्:-



मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च वृद्धि हुनेछ। मान्यजनको सहयोग मिल्नेछ। शारीरिक आलस्यता बढ्नेछ। सञ्चारका सामान खरिद हुनेछन्। आम्दानी सामान्य रहनेछ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
धार्मिक भ्रमण हुनेछ। आकस्मिक धनलाभ हुनसक्छ। आफन्तसँगको सम्बन्ध तनावयुक्त ख रहनेछ। पैत्रिक सम्पत्ति प्राप्त हुनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
खर्चमा नियन्त्रण रहनेछैन। अनावश्यक विवाद हुनसक्छ। शारीरिक सौन्दर्यमा मन जानेछ। राजनीतिमा सफलता मिल्नेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययनमा रुचि बढ्नेछ। साहित्य सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ। वैदेशिक यात्रा फलदायी रहनेछ। रचनात्मक कार्यमा मन जानेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक सद्भाव बढ्नेछ। सन्तानसुख प्राप्त हुनेछ। आफन्तको सहयोग मिल्नेछ। ५, ७ र ९ अंक शुभ रहनेछ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
वैदेशिक यात्रा फलदायी रहनेछ। साथीभाइसँग यात्रा हुनेछ। रोजगारीको अवसर मिल्नेछ। दिनको उत्तराद्र्ध शुभ रहनेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सामाजिक नेतृत्वको अवसर मिल्नेछ। कर्मप्रति नैराश्य बढ्नेछ। व्यवसायमा लाभ मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्रामा लाभ मिल्नेछ। हराएको धन प्राप्त हुनेछ। शारीरिक आलस्यता बढ्नेछ। आम्दानीको स्रोत सबल बन्नेछन्। अनावश्यक परिश्रम गर्नुपर्नेछ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आयआर्जनमा अवरोध आउनेछ। मानसिक चिन्ता र ग्लानिले सताउनेछ। भूमि र वाहनबाट सुख प्राप्त हुनेछ। वैदेशिक यात्राको योग छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आकस्मिक धनक्षय हुन सक्छ। शारीरिक स्फूर्ति बढ्नेछ। साहित्य क्षेत्रमा सफलता हात लाग्नेछ। दिनको पूर्वाद्र्ध राम्रो रहनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आय आर्जन सन्तोषजनक नरहला। यात्रा खर्चिलो भए पनि लाभदायक रहनेछ। दाजुभाइको सहयोग मिल्नेछैन। कर्मप्रति विश्वास बढ्नेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शिक्षामा सफलता मिल्नेछ। दैवी शक्तिमा विश्वास बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। वैदेशिक व्यापार अवरुद्ध रहनेछ। स्मरणशक्तिको विकास हुनेछ।




प्रतिक्रिया दिनुहोस्...