..परिवारलाई चिठ्ठी लेखेर प्रेममा परेका दिदी–भाइद्धारा आत्महत्या
भारतको इन्डोरस्थित हरदा गाउँमा गहिरो प्रेममा परेका दिदी र भाइले आफ्नो प्रेम असफल हुने भएपछि आत्महत्या गरेका छन् ।
१५ दिनदेखि घर छोडेर बेपत्ता भएका हरदाका २५ वर्षीया दिदी मीनाक्षी र १९ वर्षीय भाई रोहितले बिहीबार इन्डोरको चौराहेस्थित एक होटलमा विष सेवन गरेर आत्महत्या गरेको इन्डोर प्रहरीले जनाएको छ ।
बिहीबार चौराहेस्थित होटल स्काइमा बसेका उनीहरु साँढे १२ बजेसम्म नउठेपछि कोठाको ढोका फोरेर हेर्दा उनीहरु ओछ्यानमा एक अर्कालाई आँगालोमा बेरेर मृत अवस्थामा भेटिएका थिए ।
परिवारले आफ्नो प्रेमलाई स्वीकार गर्न नसक्ने देखेपछि घर छोडेर बेपत्ता भएका उनीहरुले आत्महत्या गर्नु अघि २० पृष्ठ लामो सुसाइट नोट लेखेको प्रहरीले बताएको छ । जसमा उनीहरुले आफ्नो परिवारको सबै सदस्यलाई छुट्टा छुटै सम्बोधन गर्दै आफूहरुलाई माफ गर्न आग्रह गरेका छन् ।
सुसाइट नोटमा उनीहरुले आफूहरुको प्रेम कहानी लेखेका छन् । सुसाइट नोटमा ४ पन्ना रोहितले लेखेका छन् भने ८ पन्ना मीनाक्षीले लेखेकी छिन् र बाँकी ८ पन्ना दुवै मिलेर लेखेको प्रहरीले जनाएको छ ।
सुसाइट नोटमा दुवैले बाबुआमा रोगी भएकोले समयमै औषधि खान, आफ्नो स्वास्थ्यको ख्याल गर्न भनेका छन् भने आफूहरुलाई नसम्झना, सम्झेर नरुन आग्रह गरेको इन्डोर प्रहरीले जनाएको छ ।source:SHAYJAHOME
