बुद्ध भारतमा जन्मिएका हुन भन्ने बक्तब्य दियका मोदिलाइ यस्तो चेतावनी
सेतोपरेवा डटकममा खबर छ । शान्तिका दुत गौतम बुद्ध भारतमा जन्मिएका हुन भनि भारतिय प्रधानमन्त्री मोदिले दिएको बिरोधाभास पूर्ण बक्तब्यको आलोचना गर्दै तत्काल सुधार्न माग गरिएको छ । ‘लुम्बिनी-कपिलबस्तु दिवस अभियान संस्था’ले केहि समय अगाडि युरोप भ्रमणमा रहँदा मोदिले बोलेको उक्त भनाईलाई सच्याउन माग गर्दै बिज्ञप्ति जारी गरेको हो ।
संस्थाले गौतम बुद्ध नेपालमा जन्मनु भएको प्रशस्त बैज्ञानिक एबं पुरातात्विक प्रमाण रहेको र त्यसैको आधारमा बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले बताईसकेको साथै बताउने क्रम रहेको लुम्बिनी-कपिलबस्तु दिवस अभियानका विश्व संयोजक राम कुमार श्रेष्ठले बताएका छन् ।
यसै कुरालाई मध्येनजर गर्दै, संयुक्त राष्ट्रसंघका महासचिव, नोबेल पुरस्कार बिजेता दलाई लामा जस्ता ब्यक्तिहरुले लुम्बिनीको भ्रमण गरिसकेको बिज्ञप्तिमा उल्लेख छ । source taja khabar
