.मलेसीयामा रोजगारीका लागि प्रतिबन्ध लगाउनुका कारण यस्तो पो रहेछ:-थाहा पाईराखौ.....
काठमाडौं । नेपाली कामदारको पहिलो श्रम गन्तव्य बन्दै आएको मलेसियाया नेपाली कामदारमाथि अमर्यादीत व्यावहार बढ्न थालेपछि त्यहाँ काम गर्न जान रोक लगाउने तयारी भैरहेको छ ।
नेपाली कामदार इमान्दार र मेहनती रहेको बताउने मलेसियन सरकारले उनै नेपाली कामदारलाई फसाउने काम गरेको भन्दै यस्तो निर्णयमा सरकार जान लागेको हो । मलेसिया नेपाली कामदारको बाध्यताको गन्तव्य भए पनि मलेसियाली कडा कानुन र अभद्र व्यावहारका कारण दैनिक सयौं नेपालीले दुःख पाइरहेका छन् ।
पछिल्लो समय नेपाली कामदारलाई त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा समेत बेइज्जतीपूर्ण यातना दिने गरिएको पाइएको थियो ।
सरकारले नेपाली कामदारमाथिको अन्याय र अत्याचारका विषयमा मलेसियाली सरकारसँग कुराकानी गरिसकेको छ । सरकारले मलेसिया सरकारलाई अब नेपाली कामदार नपठाउने प्रस्ट पारेको छ । वैदेशीक रोजगारीमा पठाइएको मुलुक मध्ये नेपालीले सबैभन्दा दुःख पाएको सरकारी निष्कर्ष छ ।
मलेसियामा जाने नेपाली कामदारले कमाएको पैसा पनि जोगाउन मुस्कील पर्ने गरेको छ । मलेसियन सरकारले विभिन्न करका नाममा नेपालीले कमाएको रकम त्यतै खर्च गराउने गरेको छ ।
सरकारले अब उप्रान्त निःशुल्क टिकट र भिसा भएका काममा मात्र नेपालीलाई पठाउने तयारी गरेको छ । नेपाली कामदार इमान्दार र सोझो भएकाले थोरै पैसामा धेरै काम लाद्ने र समयमा पैसा नदिने समस्या रहेको छ ।
मलेसियाली सरकारले नेपाली कामदारको सम्मान गर्ने बताए पनि व्यावहार भने हेपाहा देखिएको छ । सरकारले पहिलो चरणमा कामदार पठाउन रोक्ने र त्यसपछि कुटनीतिक पहल मार्फत त्यहाँ रहेका कामदारको भविष्य सुरक्षीत पार्ने योजना बनाइरहेको छ ।
नेपालका मेनपावर एजेन्ट र मलेसियन एजेन्टका बीचमा एकथरी सम्झौता हुने र कामदारलाई अर्कै काममा लगाउने प्रवृत्ती देखिएको छ । एक हिसाबले मलेसिया सोझा र इमान्दार नेपाली तस्करीको केन्द्र बनिरहेको छ भने नेपाली म्यानपावर कम्पनीहरु मानव तस्कर बनिरहेका छन् ।
नेपाली कामदारले दुःख पाउनुमा पठाउने म्यानपावर र त्यहाँका रोजगारदाता कम्पनी दुवै उत्तिकै जिम्मेवार रहेका छन् ।
कामदार अलपत्र परे वा दुःख पाए त्यहाँको रोजगारदाता कम्पनीले जिम्मेवारी लिँदैन। यति मात्र होइन, पछिल्लो समय मलेसियाबाट निःशुल्क टिकट र भिसा आइरहेकाले कामदारहरू पैसा खर्च नगरी जान पाउने अवस्था छ ।
तर, मानव तस्करीमा लागेका नेपालका म्यानपावर कम्पनीहरूले आफूखुसी डेढ लाख रुपैयाँसम्म असुल्ने गरेका छन् । त्यसबापत उनीहरुले कामदारलाई ८० हजारको मात्र भौचर दिने गरेका छन् ।
त्यसो त स्वदेशमा रोजगार दिन नसक्ने सरकारले मलेसियाली सरकारसँग कुटनीतिक पहल समेत गरेको छैन । अहिले पनि रोजगारीमा गएका सयौं नेपाली मलेसियाको विभिन्न जेलमा परेका छन् ।
कतीलाई मृत्युदण्ड सम्मको सजायँको तयारी गरिएको छ । देशमा रोजगारी नपाएर छट्पटाएका युवाहरु घर परिवारलाई केही गर्ने सपना बोकेर त्यहाँ पुगेका छन् ।
तर, भाषगत समस्या र मेनपावरको तस्करीको जालोमा उनीहरुको परिवार नै सखाप हुने अवस्था आएको छ । संक्रमणकालको फाइदा सबैभन्दाबढी मानव तस्करले उठाएका छन् ।
देशभक्त छोराहरु मलेसियाको जेलमा मृत्यु कुरीरहने अनि तस्करहरु मस्तीमा रहिरहने अवस्थाको तत्काल अन्त्यकालागि पनि सरकारले विशेष पहल थाल्नुपर्ने अवस्था छ ।
अहिले मलेसियाको जेल र घरफिर्ती केन्द्रमा रहेका सयौं नेपाली भोक भोकै रुँदै बसिरहेका छन् । उनीहरुको सपना त सपना नै भैगयो, अब घर फर्केर बाँच्न पाउने अधिकार रक्षाकालागि पनि सरकार लागोस् ।
सरकारले थालेको कदम सकारात्मक छ तर, मलेसियाको विकल्प दिन पनि सक्नुपर्छ । source:taja khabar
