..साउदी पुगेकी महिलालाई फाँसीमा चढाएर टाउको काटियो



साउदी पुगेकी महिलालाई फाँसीमा चढाएर टाउको काटियो....! एजेन्सी, वैशाख- ४ - वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब पुगेकी एक महिलाको मृत्यु भएको छ ।





 साउदीमा घरेलु कामदारका रुपमा कार्यरत इण्डोनेशियालीकी महिला कामदारको टाउको काटेर मृत्युदण्ड दिइएको हो । यो घटनाको मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनलले विरोध गरेको छ ।



मालिकले यौन शोषण गरेपछि छुरा प्रयोग गरी मालिकको हत्या गरेको अभियोगमा ती महिलालाई साउदी अरब सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो ।



 साउदी अरबको सरकारी समाचार संस्थाका अनुसार मदीनामा रहेकी जैनब दुहरी मानसिक रुपमा कामजोर थिइन् । उनलाई फाँसीमा चढाएर घाटी काटिएको थियो ।
पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।
source:taja khabar




प्रतिक्रिया दिनुहोस्...