सन्नी लियोन माथि मुद्धा पर्यो
सन्नी लियोन आफ्नो पछिल्लो चलचित्र ‘एक पहेली लीला’ को प्रचारका लागि ब्यस्त छिन् । फिल्म प्रचारकै क्रममा उनी सुरत पुगेकी थिइन् ।
सन्नीलाई हेर्न भिड जम्मा भएको थियो । सोही भिडका कारण उनीहरुले कार्यक्रम गर्ने होटल परिवर्तन गरेर अन्यत्रै कार्यक्रम गरे । तर सन्नीका फ्यान भने उनीसँग रिसाए । सन्नीले टपलेश पोष्टर टाँसेर आफूलाई झुक्याएको भन्दै एक फ्यानले पुलिसमा एफआइआर दर्ता गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सन्नीले यो विषयमा सामाजिक सञ्जालबाट माफी मागिसकेकी छिन् । तर उनीमाथि परेको उजुरीबारे छानविन पनि शुरु भएको छ ।
सन्नीको नयाँ चलचित्र १० एप्रिलमा रिलिज हुँदैछ ।
source nepali headline
