"अष्ट्रेलियामा मस्ती गर्दै दिपक र दिपा श्री (फोटो फिचर सहित)



काठमाडौ । अष्ट्रेलियाका विभिन्न शहरमा आयोजित कार्यक्रमा आफ्नो कला देखाउन यति खेर नेपाल टेलिभिजनबाट प्रसाररण हुने तितो सत्य र मेरी बास्सैका कलाकारहरु अष्ट्रेलिया पुगेका छन । टर्किस विमान दुर्घटनाका कारण ४ दिन सम्म त्रिभुवन विमानस्थल अवरोध भएपछि गएको मंगलबार राती कलाकारहरु अष्ट्रेलिया लागेका हुन । बुधबार साँझ ६ बजे हुने कार्यक्रमका लागि उनीहरु समयमा पुग्न सकेनन् ।





भ्रमणका क्रममा मलेसियाको ट्रान्जिटमा समयमा पुग्न नसकेपछि अष्ट्रेलीया जाने जहाज छुटेको थियो । मलेसियाको एयरपोर्टमा रोकिदा कलाकार दिपाश्री निरौलाले फेसबुक मार्फत मलेसियामा कफीमा रमाउदै गरेको स्टाटस लेखेकी थिईन । अष्टेलिया पुगे लगतै उनीहरुले फोटो खिच्दै आफ्नो फेस बुकमा सार्वजनिक गरेका छन । अष्टेलियामा जाने कलाकारहरु दिपकराज गिरी, दिपा श्री निरौला, केदार घिमिरे, विल्सन विक्रम राई र पार्वती राई रहेका छ ।


यो कार्यक्रमा सहभागी हुन गायिका आस्था राउत पनि गएकी छिन । तीन साता सम्म हुने कार्यक्रममा सहभागी भई तितोसत्य र मेरी वास्सैको टोली चैतको दोश्रो साता नेपाल फर्कने कार्यक्रम रहेको छ ।






प्रतिक्रिया दिनुहोस्...