आलियालाई के प्रस्ताव आयो थाहा पाईराखौ...
बिगबोस ८ का विजेता गौतम गुलाटीले बलिउडकी सुन्दरी अभिनेत्री आलिया भट्टलाई राखेको प्रस्तावले बलिउडमा हंगामा भएको छ । आलियालाई आफूले विवाह गर्न चाहेको गौतमले बताएका छन् ।
मिडियासँग कुरा गर्दै गौतमले बलिउडमा आफूलाई विवाह गर्न चाहेकी सुन्दरी आलिया रहेको बताएका हुन् । उनले भनेका छन्ः हुन त म कुनै पनि अभिनेत्रीलाई विवाह गर्न चाहन्न तर आलियालाई पाए भने गर्छु । उनी म जस्तै छिन् ।
गौतमले आफू लजाउने खालको केटा भएको र आलियासँग कुरा गर्न नपाएको बताएका छन् । गौतम बिगबोसको यसै सिजनकी अर्की प्रतियोगी डायन्ड्रासँग प्रेम सम्बन्ध रहेको भन्दै विवादमा परेका थिए । उनीहरुको बाथरुममा पसेर गरेको हर्कतले पनि बलिउड तताएको थियो । source tajakhabar
