'दुबईमा प्रवासी मजदुर सडकमा



बन्द, हड्ताल र प्रदर्शन गर्न प्रतिबन्धित मुलुक संयुक्त अरब इमिरेट्स युएई को दुबईमा सयौं मजदुरले सडकमा निस्केर प्रदर्शन गरेका छन् । यो प्रदर्शन रोजगारदाता कम्पनीसँग पारिश्रमिकका विषयमा भएको विवादका कारण गरिएको हो ।




संयुक्त अरब इमिरेट्समा सार्वजनिक रुपमा विरोध प्रदर्शन गर्न प्रतिबन्ध छ । त्यसैले प्रदर्शन नियन्त्रण गर्न दंगा नियन्त्रण प्रहरी परिचालन गरिएको थियो ।
प्रवासी कामदारहरुले मंगलबार बिहान दुबईको अति व्यस्त सडक नै बन्द गराएका थिए । दुबई सरकारले विवाद समाधान भइसकेको दावी गरेको छ। युएईको निर्माण उद्योगमा हजारौं विदेशी कामदार काम गरिरहेका छन् । यसमध्ये अधिकांशले आफ्नो शेषण भइरहेको आरोप लगाएका छन् ।

मंगलबारको प्रदर्शनमा संलग्न पाकिस्तानबाट आएका कामदार मोहम्मदले समाचार एजेन्सी रोयटर्ससँग एक कामदारको मासिक पारिश्रमिक ५०० दिह्रामभन्दा कम हुने गरेको बताए । उनले भने–हामीलाई ओभरटाइम दिइएको छैन । त्यसैले हामी प्रदर्शन गरिरहेका छौ । मलाई आफ्नो अधिकार माग गर्न कुनै डर छैन ।प्रदर्शनपछि दुबई सरकारको संचार विभागले ट्वीट गर्दै एक घण्टाभित्रै विवाद समाधान गरेको दावी गरेको छ।source:nepal japan






प्रतिक्रिया दिनुहोस्...