"श्रीमान बिदेश, नाठो संग मोज गर्दा छोरी जन्मियो
काठमाडौं, ५ चैत - श्रीमान बिदेश गएको मौकामा परपुरुषसंग सम्बन्ध राखी सुत्केरी भएकी एक महिलालाई नुवाकोट प्रहरीले नियन्त्रणमा राखी स्वास्थ्य उपचार गराउन सुरु गरेका छन ।
जंगलमा गएर जन्माएको छोरीको स्वास्थ्य अबस्था सामान्य रहेपनि सम्भावित प्रतिकुलताबाट बचाउन गर्भवती आमा र नवजात बच्चालाई उपचारको लागि जिल्ला अस्पताल त्रिशुलीमा भर्ना गरेको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन । श्रीमान विदेश गएकाले सासु ससुरासंग बस्दै आएकी मिना माझीको अबैध सम्बन्धको कारणपछि मात्र कस्तो कारबाही हुने यकिन हुने प्रहरीले जनाएका छन । श्रीमान विदेशमा गएको समयमा त्रिशुलीमा एक वर्ष अगाडी पनि एक महिलाले बच्चा जन्माएको अभियोगमा पक्राउ गरेका थिए । सूर्यमतिमा घरको सम्पती बोकेर एक महिला अन्तै हिडेको भन्दै ससुराले प्रहरी समक्ष न्यायको अपिल गरेका थिए ।source:badal nepal
