नेपालमा सबै भन्दा चलेका नायिका को को ? जो सँधै चर्चामा रहन्छन्



रेखा थापा
नेपाली नायिका, मोडल तथा फिल्म निर्माताको रुपमा आफ्नो छवि बनाएकी रेखा थापा सन् १९९९ मा मिस नेपालको लागि टप १० भित्र पनि पर्न सफल भएकी थिइन्। त्यसको २ बर्ष पछि छविराज ओझाको 'हिरो' फिल्मबाट नेपाली फिल्मी दुनियाँमा प्रवेश गरेकी रेखा त्यस पश्चात चर्चाको शिखरमा आइन्। 'मितिनी', 'जीवन रेखा', 'खुसी', 'हिम्मत', 'काली' जस्ता दर्जनौं सफल फिल्महरुमा अभिनय गरिसकेकी रेखा थापा एक सफल महिला कलाकार मानिन्छिन।









मोरङमा जन्मेकी थिइन रेखा, अनि उच्च शिक्षाको लागि काठमाडौं पसिन। नायिका बन्ने ठुलो सपना बोकेकी रेखाले मोडलिङ सम्बन्धि बिभिन्न कार्यक्रमहरुमा सहभागि हुदै आखिरमा नायिकाको स्थान सुरक्षित गरेरै छाडिन्। आफ्नो नामको आधारमा नै फिल्म चलाउन सक्ने क्षमता राख्छिन् रेखा ।

करिश्मा मानन्धर

ललितपुरमा हुर्के बढेकी करिश्माको जन्म सन् १९७१ मा भएको थियो। १४ वर्षको उमेरमा 'सन्तान' फिल्मबाट आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन करिश्माले। उनी सन् २००७ मा उत्कृष्ट नायिकाको अवार्डबाट सम्मानित पनि भइन।



नेपाली फिल्म इतिहासकै सबैभन्दा चर्चित नायिकाको रुपमा लिने गरिन्छ करिश्मालाई। उनले 'मायालु', 'ट्रक ड्राइभर', 'भाउजु', 'बसन्ती', 'ढुकढुकी' आदी जस्ता सफल फिल्महरुमा अभिनय गरिसकेकी छिन।

केकी अधिकारी

व्यवसायिक मोडल तथा नायिकाको रुपमा चिनिने केकी अनेकौं म्युजिक भिडियो, बिज्ञापन तथा प्रिन्टेट बिज्ञापनहरुमा पनि छाएकी छिन्। आधा दर्जन भन्दा बढी फिल्महरुमा अभिनय पनि गरिसकेकी छिन केकीले। 'स्वर' फिल्मबाट आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन उनले।





उनले 'आइ एम सरी', 'मसान', 'मायाको बारीमा', 'महसुस', 'बितेका पल' र 'मेरो बेस्ट फ्रेन्ड' आदी फिल्महरुबाट छिट्टै नै चर्चा बटुलिन। काठमाडौंको जोरपाटीमा सन् १९८९ मा जन्मेर MBA सम्मको अध्ययन पनि पुरा गरिसकेकी छिन् उनले।

नम्रता श्रेष्ठ

सन् २००८ मा रिलिज भएको सानो संसारको रोमान्टिक भुमिकाको लागि नाम कमाएकी नम्रता सन् १९८५ मा धरानमा जन्मेकी थिइन।

सानो संसार बाटै फिल्मी करिअर सुरु गरेकी नम्रताले त्यस पश्चात खेलेको 'मेरो एउटा साथी छ' ले ठूलो सफलता पनि पायो। सन् २००५ को फेब्रुअरी २१ को काठमाडौं पोस्टले नम्रतालाई टप ५ नायिकाको किताब पनि दिएको थियो।

निशा अधिकारी

भिजे, आरजे, ब्युटि क्वीन, तथा नायिका निशा अधिकारी सन् १९८६ मा काठमाडौंमा जन्मेकी थिइन्। सन् २०१३ मे २१ मा सगरमाथा पनि चढिन निशाले। कान्तिपुर च्यानलको 'घरबेटी' बाट आफ्नो अभिनय करिअर सुरु गरेकी निशाले फिल्मी करिअर भने सन् २००९ मा आएर 'मिसन पैसा'बाट सुरु गरिन।

'फर्स्ट लभ', 'पध्मिनी', 'मेरो भ्यालेन्टाइन', 'भिमदत्त' आदी दर्जनौं फिल्महरुमा अभिनय गरिसकेकी निशा मिडियामा छाइरहन काबिल छिन।

झरना थापा
सन् १९८१ मा काठमाडौंमा जन्मेकी झरनाले सन् १९९९ मा 'जीवन साथी' फिल्मबाट आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन्।



'अन्जली', 'सुख-दुख', 'भाइटिका', 'पूर्णिमा', 'मुग्लान' आदि फिल्महरुमा अभिनय गरेर आफुलाई नायिकाको रुपमा स्थापित गरिन झरनाले। सन् २००८ मा 'तक्दिर' र सन् २००९ मा 'म तिमी बिना मरि हाल्छु' को लागि उत्कृष्ट नायिकाको अवार्डद्वारा सम्मानित पनि भइन झरना।
source nepali headline




प्रतिक्रिया दिनुहोस्...