गाउँमा खस्यो सेनाको विमान (तस्विर सहित)
भारतीय बायु सेनाको एक विमान कुरक्षेत्रमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
अभ्यास उडानका क्रममा विमान गाउँमा खसेको बताइएको छ ।
एयरफोर्सको जगुअर विमान ठूलो आवाजसँग जमिनमा बझारिएको बताइएको छ । बायु सेनाका प्रवक्ताले विमान दुर्घटनामा मानवीय क्षति नभएको बताएका छन् । यद्यपी चालक घाइते भएका छन् ।
विमान बझारिएको ठाउँमा ठूलो खाडल परेको छ । गाउँलेहरुले विमान भुइँतर्फ तिव्र गतिमा आएको देखेर आफू आत्तिएको बताए ।
