.घर फर्कने अघिल्लो दिन मलेसियामा झुण्डिएर एक नेपालीको मृत्यु
मलेसियाको केपोङमा रहेका एक कोरियन रेष्टुरेन्टमा कार्यरत नेपाली नगारिक झुण्डिको अवस्थामा मृत भेटिएका छन् । पाँच वर्षअघि रोजगारीका लागि मलेसिया आएका मोरङ केराबारीका सूर्यबहादुर बस्नेत झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
राईका अनुसर मृतक बिरामी भएकै कारण उनले काम गर्ने रेस्टुरेन्टले नेपाल फर्कनका लागि बुधबारको टिकट काटिदिएको थियो । बस्नतेको मृतयुबारे नेपालीले प्रवासी नेपाली मन्चलाई खबर गरेका र आफूहरुले घटनाको विवरण बुझी दूतावासलाई जानकारी गराएको मन्चका अध्यक्ष राजेन्द्रप्रकाश भण्डारीले जानकारी दिनुभयो । मृतकको शव पोस्ट्मार्टमका लागि स्थानीय सेलायाङ अस्पतालमा राखिएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि मृतकको शवलाई तुरुन्तै नेपाल पठाउने मृतक कार्यरत रेस्टुरेन्टले जनाएको छ ।
Source taja khabar
