‘म मृत्युलाई जितेर आएको मर्द हो, भागेर हिड्ने लाचार होइन’ : सुदर्शन गौतम
भन्छन्-'रेखा थापालाई म माया गर्थे र गरिरहन्छु'
हाल अमेरिकामा रहेका ‘हिम्मतवाली’ चलचित्रका मुख्य कलाकार सुदर्शन गौतमले केही यूवाहरुसँग अमेरिका लैजान्छु भन्दै रकम असुलेको खबर सार्वजनिक भएको छ । प्रत्येक यूवाबाट ७ लाखका दरले पैसा असुलेर उनी अमेरिका भागेको खबर सार्वजनिक भएको हो । यो खबर प्रकाशन भएपछि सुदर्शनले अमेरिकाबाट आफ्नो भनाई राखेका छन् ।
उनले आफूसँगै नायिका रेखा थापाको नाम जोडिएकोमा पनि त्यसलाई न्यायसंगत नभएको बताएका छन् । सुदर्शनले चलचित्र ‘हिम्मतवाली’मा आफूले लगानी गरेको भन्ने कुरालाई पनि झुठो भन्दै नायिका रेखा थापा आफ्नो ‘गड मदर’ भएको अनलाइनखबरसँग भनेका छन् ।
उनले आफ्नो सास रहुन्जेलसम्म रेखा थापालाई आदर र सम्मान गर्ने बताए । साथमा उनले भनेका छन्-‘हामी एक अर्कालाई माया गथ्र्यौ, माया गर्छौ र मर्ने दिनसम्म पनि गरिरहन्छौ ।’ रेखा थापा र आफ्नो सम्बन्धलाई सानो तिनो हुरिले ढाल्न नसक्ने सुदर्शनको भनाई छ ।
चलचित्र ‘हिम्मतवाली’ प्रदर्शनमा आएपछि सुदर्शन र रेखाको सम्बन्धमा पनि दरार उत्पन्न भएको खबर बारम्बार संचारमाध्यममा आइरहेको छ । source a2z khabar
