.१६ बर्षे किशोरले गरे ९ बर्षीया बालीकालाई यसरि बलात्कार गर्दा
दाङ, फागुन २३–एक हप्तामा बालीकालाई ३ पटक बलात्कार गरेको आरोपमा एक किशोरलाई प्युठान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबास गाविस ७ निबासी १६ बर्षका बासुघिमिरे रहेको प्युठानका प्रहरी प्रमुख तथा डिएसपी तुलबहादुर कार्कीले जानकारी दिएका छन् ।
९ बर्षीया बालीकालाई पहिलो पटक फकायर आफनै घरमा लगेर बलात्कार गरेका घिमिरे बाबुआमालाई भनेमा मारीदीने बताए पछि घटना बाहिर नआएकै कारण थप दुइपटक पुनः बालीकालाई बलात्कार गरेको प्रहरीले बताएको छ । तर बालीकालाई पिडा भए पछि बलात्कारको घटना सार्वजीक भएको हो । बालीकाले पिडाका कारण बाध्य भएर आमालाई भने पछि परिवारले प्रहरीलाई खबर गरेको थियो । खबर गरे लगत्तै प्रहरीले घिमिरेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । उनलाई जबरजस्त िकरणी सम्बन्धि मुद्दा चलाउने प्रहरी प्रमुख कार्कीले बताए । source; tholo pokhara
