"भारतमा बलात्कारको आरोपीलाई कुटी-कुटी हत्या
काठमाडौं, फागुन २२
भारतको नागाल्याण्डमा एक जना बलात्कार आरोपीलाई स्थानीयले जेल तोडेर बाहिर निकाल्दै कुटी–कुटी मारेका छन्।
डेली मेलमा छापिएको समाचार अनुसार बिहीबार दिउँसो सुबेको राजधानी दिमापुर जेलबाट स्थानीयको भीडले फरिद खानलाई बाहिर निकालेर हत्या गरेका हुन्
नागाल्याण्डको एक स्थानीय कलेजमा पढ्ने महिलाहरूलाई पटक-पटक बलात्कारको आरोप लागेका उनी असामका कार ब्यापारी हुन्।
गत फेब्रुअरी २३ तारिखमा फेरि पनि बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उनलाई केही दिनअघि नियन्त्रणमा लिएको थियो।
कलेजका विद्यार्थीहरुसहित करिब १० हजारको समूहले जेल तोडेर खानलाई बाहिर निकालि कुटेर हत्या गरेको प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
यसैबीच प्रत्यक्षदर्शीका अनुसार भीडले खानलाई घिसार्दै बाहिर निकालेर हत्या गरेपछि उनको शवलाई चौराहामा लगेर झुण्ड्याइदिएका थिए।
यसैबीच स्थानीय प्रहरीले भने शवलाई झुण्डाइएको नभइ जेल परिसर भित्रै कुटेर हत्या भएको बताएको छ।
बलात्कारको घटना सार्बजनिक भएपछि दिमापुरमा गत बुधबारदेखि स्थानीय आन्दोलनमा उत्रिएका थिए।source:nepali aawaj
