"धुर्मुसले भने- रेखाको नाइटोमा तार जोडेर बिजुली निकाल
चैत ५ गते-
पहिला हाम्रा देशका नेताको दिमाग सफा गर्नुपर्छ । देशमा संविधान बनाउन र आर्थिक विकासको गतिमा देशलाई अगाडि बढाउन सफा दिमाग भएको नेता चाहिन्छ । पोखरामा उपमहानगरपालिकाले फोहर मैला व्यवस्थापनका लागि सचेतना मुलक प्रवचन तथा सांस्कृतिक कार्यक्रममा हास्यकलाकार सिताराम कट्टेल धुर्रमुसले यस्तो भन्दा पोखरेलीले ताली बजाएर ।
पोखरा सभागृहमा आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीको भेषमा प्रस्तुत भएका उनले सार्वजनीक स्थलामा फोहोर फाल्ने सवै माकाफुई भएको बताए ।
‘सार्वजनीक स्थलमा फोहोर गर्नेहरु सबै माकाफुई हुन्, तीनहरु सबैलाई कार्वाही गर्नुपर्छ ।’
उनले नेपाली चलचित्रकी हट नायिक रेखा थापालाई समेत ब्यङग्य गर्दै भने- ‘देशमा लोडसेडिङ बढेको तर देशमा उर्जा कहाँ छ भन्ने उर्जा मन्त्रीलाई थाहा छैन । रेखा थापाको नाइटमो लगेर तार जोडेपछि विजुली बल्छ बरु । थापाले ओए ओए करेन्ट लाग्छ मलाई छोए भनेकी छिन् तर नेपालका मन्त्रीलाई थाहा छैन ।’
उनलाई छुने वित्तिकै करेन्ट लाग्ने भएपछि उनको नाइटोमा तार जोडेपछि विजुली बलिहाल्छ नी भन्दै ब्यङग्य गर्दा पोखरेली दर्शकहरुको पेट मिचिमिचि हँसाएका थिए । कट्टेलले समसामयीक राजनीतिक र फोहोरमैला बारे आफनो प्रस्तुती राखे ।
धुर्मुस सरसफाईका शान्ती दुत समेत हुन् ।
कार्यक्रममा कलाकार शिशिर योगी, जीवन दाहाल लगायतले जनचेताना मुलक प्रस्तुत गरेका थिए ।source:taja khabar
