.मोरङमा लिङ्ग काटिएको अवस्थामा मृत फेला (भिडियो सहित )



सुनसरीको मधेली–२ स्थित धान खेतमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृतक मोरङ जिल्ला सुन्दरपुरका ३५ बर्षीय लक्ष्मी शाह भएको प्रहरीले जनाएको छ । आज विहान ०९:२० बजे लिङ्ग काटिएको र शरीर ढुंगाले किचिएको अवस्थामा उनको लास फेला परेको थियो । मृतक स्थानीय जयवावा ईंटाभट्टाको को१त ४५५८ नम्वरको ट्याक्टरको मजदुर भएको प्रहरीले जनाएको छ । यसैबीच सुनसरीको ईनरुवा–६ की १९ बर्षीया रकम अन्सारी आगलागीमा परेर जलेर गम्भीर घाइते भएकी छिन् । हिजो दिउँसो साढे २ बजे घरको कोठामा सुतिरहेको अवस्थामा सुतकै कोठामा अचानक आगलागी हुँदा जलेर घाइते भएकी उनलाई उपचारको लागि धरान घोपा अस्पतालमा लगिएको प्रहरीले बताएको छ । source tajakhabar




प्रतिक्रिया दिनुहोस्...