"यस्ती छिन शाहिद कपुरकी हुनेवाला पत्नी



बलिउड अभिनेता शाहिद कपुरले कलेज पढ्दै गरेकी छात्रासँग लगनगाँठो कस्न लागेको खवर सार्वजनिक भएपछि शाहिदको जीवनमा आउन लागेकी युवती कस्ती होलिन् भन्ने कौतुहलता सवैको मनमा छ ।अनलाईन खबर डटकममा खबर छ ।


हालसम्म सार्वजनिक भएको खवरअनुसार उनले बिबाह गर्न लागेकी युवती दिल्लीकी मीरा राजपुत हुन् । उनी दिल्लीस्थित लेडी श्रीराम कलेजमा स्नातक तह तेस्रो बर्षमा अंग्रेजी बिषय अध्ययनरत छिन् ।
मीरा र शाहिदको भेट राधा स्वामी सत्संग नामक संस्थाको कार्यक्रममा भएको थियो । मीरालाई देखेर मोहित बनेका शाहिदले केही समयको अफयेयरपछि लगनगाँठो कस्ने निधो गरेका हुन् ।
खवरअनुसार उनीहरुवीच गत जनवरी महिनामा इंगेजमेन्ट भइसकेको छ र आगामी डिसेम्बर महिनामा त्यसलाई बिबाहमा परिणत गर्नेछन् ।अनलाईन खबर डटकममा खबर छ ।

यतिबेला भारतीय संचारमाध्यम मीराका नालीवेली खोज्न तल्लिन छन् । केही संचारमाध्यमले मीराको तस्वीर भेटेर सार्वजनिक गरेका छन् ।
आफ्नो फिल्मी करियरमा शाहिदको बिभिन्न सहकर्मी नायिकासँग जोडिएको थियो । कहिले करिना कपुर त कहिले पि्रयंका चोपडासँग डेट गरिरहेका खवर सार्वजनिक हुन्थे ।
तर, शाहिदले फिल्म लाइन बाहिरकी युवतीसँग बिबाह गर्न चाहेका थिए । त्यही चाहनाका कारण लो प्रोफाइलमा रहेकी मीरासँग उनले बिबाह गर्न लागेका हुन् ।अनलाईन खबर डटकममा खबर छ ।
source:taja khabar




प्रतिक्रिया दिनुहोस्...