हिम्मवतवालीको नायक सुदर्शन लाखौं रुपैयाँ उठाएर फरार
काठमाडौं । नायिका रेखा थापा सधैँ चर्चामा रहन्छिन् । कहिले फिल्मका कारण त कहिले आफ्नै प्रेम सम्बन्धका कारण । कलाकारहरुसँगको झगडाका कारण पनि उनी चर्चामा रहन्छिन् । एकसमय एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नाचेर पनि उनी मिडियामा छाइन् ।
निर्माता छवी ओझासँगको डिभोर्सका कारण मिडियामा छाएकी रेखा गत वर्ष नयाँ प्रेम सम्बन्धका कारण चर्चामा आइन् । प्रेमी सुदर्शन गौतमसँग उनी गाढा मायामा परेकी थिइन् । कतिसम्म भने रेखाले फसबुक वालमा नै माया पोख्ने गर्थिन । ‘आइ लभ यु’ देखि किससम्म उनले सुदर्शनका लागि फेसबुक वालमा व्यक्त गरेकी थिइन् । दुवै जनाले एक अर्काको प्रेम सम्बन्ध पनि स्वीकार्दै बिहे गर्ने कुरा गरेका थिए । जुन कुरा मिडियामा निकै छायो ।
त्यसरी आफ्नो प्रेमलाई बाहिर ल्याउनुका पछाडी रेखाको एउटै स्वार्थ थियो, फिल्म हिम्मतवाली बिकाउने । उक्त फिल्ममा पैसा हाल्ने र हिरोका रुपमा खेल्ले व्यक्ति उनै सुदर्शन थिए । अमेरिकाको ग्रिन कार्ड भएका सुदर्शनले दुवै हात नभएपनि सगरमाथा चढेर कीतिर्मान राखेका थिए । उनीहरुको प्रेमको चर्चाकै बीच हिम्मतवाली चल्यो । त्यस फिल्मले मध्यमखालको मात्र व्यापार गर्यो ।
हिम्मतवाली हलबाट उत्रिएसँगै रेखा र सुदर्शनबीचको प्रेम पनि सेलायो । कहाँ हराए त सुदर्शन ? श्रोतका अनुसार रेखा र सुदर्शनबीच प्रेम सम्बन्ध संकटतर्फ अघि बढेको छ । सुदर्शन केही महिनायता अमेरिकामा छन् । कारण, केही युवाहरुले सुदर्शनलाई दुख दिन थालेका थिए । सुदर्शनले अमेरिका पठाइदिने भन्दै ती युवाहरुसँग पैसा लिएका थिए । तर अमेरिका गएकाहरु मेक्सिकोबाट फर्किए । उनले एक व्यक्तिबाट ७ लाखका दरले पैसा लिएका थिए १५ जनाबाट । उनले ती युवालाई पैसा फिर्ता गरेका छैनन् । त्यही घटनापछि सुदर्शन अमेरिका भागेका हुन् । उनी अमेरिका गएपछि रेखासँगको सम्बन्ध पनि चिसिएको छ । source medianp.
