"विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले उचाल्यो
२०७१ चैत्र १५ आईतवार
काठमाडौं : विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि आयोजक अस्ट्रेलियाले जितेको छ ।
मेलबर्नमा भएको फाइनल खेलमा अर्को आयोजक न्युजिल्यान्डको पहिलो पटक उपाधि जित्ने सपनामा तुषारापात गर्दै अस्ट्रेलिया पाँचौ पटक विश्वकप क्रिकेटको उपाधि जित्न सफल भएको हो।
टस जितेर पहिले ब्याटिङ गर्दै न्युजिल्यान्डले दिएको १८४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३२.४ ओभरमा ३ विकेट गुमाउँदै विश्वकप क्रिकेटको उपाधिलाई घरैमा राख्न सफल भएको हो ।
अस्ट्रेलियालार्इ विश्वकपको पाचौं उपाधि दिने क्रममा कप्तान माइकल क्लार्कले ७४ रनको पारी खेले । उनले ७२ बलको सामना गर्दै १० चौका र एक छक्काको मद्दतमा सो स्कोर बनाए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
