"बाबा,मलाई एसिड छ्याप्ने पक्राउ परेको हो ?
२०७१ फागुन २७ गते
काठमाडौं फागुन २७
बाबा, आज अपराधी पक्राउ परेको हो ?
एसिड आक्रमणबाट घाइते किशोरी संगीता थापा मगरले आफ्ना बाबुलाई हरेक दिन गर्ने प्रश्न हो यो ।
राजधानी दैनिकमा समाचार छ । संगीता यतिबेला सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत छिन् ।
हेरचाहमा छन् बाबु प्रेमबहादुर थापा मगर ।
घाइते भएपछि केहीदिनसम्म उनी होसमा आएको थिइनन् ।
बोल्न थालिन त्यही दिनदेखि उनको एउटै प्रश्न छ, अपराधी कहिले पक्राउ पर्छन ?source:taja khabar
