"अर्की स्कुले छात्रा पनि होस्टलमै गर्भवती, निरीक्षक निलम्बित



भारतको उडिसामा पछिल्ला दुई महिनामा छात्रा गर्भवती भएको तेस्रो घटना सार्वजनिक भएको छ ।
सरकारी होस्टलमा बसेर अध्ययन गर्ने एक आदिवासी छात्रा गर्भवती भएको सूचना पाएपछि जिल्ला प्रशासनले होस्टल निरीक्षकलाई निलंबन गरेर घटना अनुसन्धान सुरु गरेको छ ।

आदिवासी बाहुल्यता रहेको मलकानगिरी जिल्लाका अधिकारी प्रशान्त रेड्डीले कक्षा नौं मा अध्ययन गर्ने छात्रा गर्भवती भएको जानकारी दिएको समाचारमा जनाइएको छ ।
होस्टल राज्य सरकारको अनुसूचीत जाति र जनजाति विभागले सञ्चालन गरेको हो । घटना सार्वजनिक भएपछि होस्टल निरीक्षक सबिता रानीलाई निलम्बन गरेको इण्डियन एक्सप्रेसले जनाएको छ ।
प्रहरीले भने ती युवती घरविदामा गएको समयमा कुनै युवकका साथ सम्बन्ध बनाएर गर्भवती भएको जनाएको छ । पछिल्लो महिनामा कन्धमाल जिल्लामा एक छात्रा गर्भवती भएको घटना सार्वजनिक भएको थियो ।
- Source-nepalsandesh




प्रतिक्रिया दिनुहोस्...