"श्रीमतीका नाममा फेसबुक चलाउँछन् प्रचण्ड
कम्युनिष्ट आन्दोलन परम्परागत ढर्राबाट मात्र अघि जान सक्दैन भन्ने विषयमा बोल्नुपर्दा उनले विज्ञान र प्रविधिको कुरा जोडिहाल्छन् ।
‘आजको युगमा विज्ञान र प्रविधिको यति धेरै विकास भइरहेको छ कि सिंगो संसार एउटा सानो चिप्समा अटाउने अवस्था छ’, प्रचण्ड अगाडि भन्छन्, ‘ संसारको वल्लो कुनामा भएको घटना पल्लो कुनामा सेकेण्डभरमै पुग्न सक्छ ।’
मुखले भन्ने मात्र होइन, १० वर्षे सशस्त्र जनयुद्धका बेला प्रचण्डले विज्ञान र प्रविधिको उपयोग पनि भरपुर गरेका थिए । माओवादीले देशव्यापी रुपमा आफ्नै आन्तरिक सञ्चार सञ्जाल स्थापित भएको थियो । माओवादीहरु महंगा स्याटेलाइट फोन मात्र होइन, स्याटेलाइटबाटै इन्टरनेटसमेत चलाउँथे । तत्कालिन राजा ज्ञानेन्द्रले शाही कूमार्फत सत्ता हत्याएपछि गाउँगाउँमा रहेका टेलिफोन बुथ बन्द भए । नेताका घरमा लाइन काटिए ।
तर माओवादीको आन्तरिक सूचना सञ्जालमा अवरोध खडा गर्न राज्य संयन्त्र सफल हुन सकेन ।

पछिल्लो समय फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल लोकप्रिय हुँदै गएका छन् । सामाजिक सञ्जाल सूचना सम्प्रषेणदेखि व्यक्तिव्यक्तिबीचको सम्बन्ध स्थापित गर्नमा समेत प्रभावकारी साधन बनेको छ । तर जनयुद्धको अप्ठेरो बेलामा समेत विज्ञान प्रविधिको भरपुर उपयोग गरेका र अहिले पनि प्रविधिको विकास र त्यसको प्रभावबारे राम्रो व्याख्या गर्नसुक्ने प्रचण्ड फेसबुक किन चलाउँदैनन् होला ? यो कुरा धेरैलाई थाहा नहुन सक्छ । उनका नाममा केही फेसबुक अकाण्ट नखोलिएका होइनन् । तर ती सबै नक्कली थिए । प्रचण्डको सचिवालयले उजुरी गरेपछि प्रहरीले फेक आइडी बन्द गराइदियो ।
किन चलाउँदैनन् त प्रचण्ड फेसबुक ?
प्रचण्ड सामाजिक सञ्जालमध्ये पनि फेसबुकलाई धेरै प्रभावकारी ठान्छन् । उनी फेसबुकले सूचना प्रविधिमा ठूलै क्रान्ति ल्याइदिएको स्विकार गर्छन् । तर पनि किन फेसबुक अकाण्ट खोल्नुभएन त ? भन्ने काठमाण्डु टुडेको जिज्ञाशामा उनले भने, ‘म ? ‘यसको विरोधी त म हुनै सक्दिन । तर अहिलेसम्म फेसबुक अकाउन्ट खोलेको छैन ।’ उनले समय मिलेका बेला फेसबुक सर्च गर्ने गरेको बताए । उनले आफूले पत्नी सीताको नाममा फेसबुक चलाउने गरेको खुलासा गरे । ‘धेरै समम फेसबुकमा त बस्दिन तर कहिलेकाही हेर्ने गरेको छु’, उनले हाँस्दै भने, ‘आफ्नै नभए पनि ‘मिसेस’ को नाममा फेसबुक एकाउन्ट चलाउँछु ।’
फेसबुकेलाई प्रचण्डको सुझाव
प्रचण्डले फेसबुकमा आफूलाई धेरै गाली गर्ने गरेको बारेमा समेत जानकारी रहेको सुनाए । आफ्नाबारे फेसबुकमा आउने गरेका नकारात्मक प्रतिक्रियालाई हाँसेर टार्ने बानी बसेको उनको भनाइ थियो । प्रचण्डले आग्रह प्रेरित नभई इतिहासका सबै तथ्यपरक विषय केलाएर मात्र फेसबुकमा लेख्न आग्रह गरे । फेसबुकलाई कुण्ठा तुष्टिको साधन नभई रचनात्मक कार्यका लागि प्रयोग गर्न उनको सुझाव छ । ‘युवाहरुमा फेसबुकमा रुची हुनु नराम्रो कुरा होइन, राम्रो हो, युवाहरुको यो रुचीलाई म धन्यवाद दिन चाहान्छु’, उनले भने, ‘मेरो बुझाइमा फेसबुक अलि ‘अनार्किष्ट’भयोजस्तो लाग्छ ।source:taja khabar