"पापी भिनाजुबाट अस्मिता जोगाउन मुस्किल पर्यो मलाई...हेर्नुहोस (भिडियो सहित)



गुन्द्रुक पकाउनुपर्दैन, सालीलाई फकाउनुपर्दैन त्यसै भनिएको होइन रहेछ । बुबाआमाले विश्वासका साथ पुजेर दिएको व्यक्तिले जीवनमा यसरी खेलबाड ग¥यो कि फुल्न नपाउँदै कोपिलामै चुँडाएर झण्डै घर न घाटकी बन्न पुगेँ ।
सुनेकी थिएँ, युवती बोचिनका लागि भारततिर पु¥याइन्छन् । तर, यहीँ पनि किनबेच हुँदोरहेछ आफ्नै घरकाहरूबाट । म बेचिएँ । दिदीको आस्था, विश्वास र प्रेम मेरो भिनाजु तर मेरालागि एकाएक घृणाको पात्र बन्न पुगेका छन् । एउटा पात्र कसैको नजरमा असल ठहरिन्छ तर मेरो नजरमा भने ऊ दुनियाँकै खराब पात्र ठहरिएको छ । जगतको जग भर नै भरको हुनुपर्ने थियो तर उल्टो छ यहाँ । भरको होइन, डरको संसार निर्माण भएको छ । यहाँ कसको भर पर्ने, आफ्नो बनेर छुरा हान्नेहरूको के कुरा ? उनीहरूबाट पूर्णतया अलग छु । न  बुबाआमााको सम्पर्कमा छु न त दिदी भिनाजुसँगै । यद्यपि, चयनले हिँड्न सकेको छैन, शान्तिले बाँच्न सकेको छैन ।


धनुषाबाट राम्रो शिक्षा–दीक्षाका लागि आएकी, मैतीदेवीमा दिदीभिनाजुसँग बस्न थालेँ । काठमाडांै बसेर पढ्न पाएकोमा औधी खुसी थिएँ । दिदीभिनाजुले नै मलाई सहारा दिनुभएको थियो । उहाँहरूको यस्तो साथ–सहयोगले साह्रै प्रफुल्लित हुन्थेँ । र, हृदयदेखि नै धन्यवाद दिन्थेँ । तर, के थाहा यही उहाँहरूको साथसहयोग नै मेरालागि अभिशाप बन्छ भन्ने । भिनाजु डोलेश्वर मलाई गिद्दे दृष्टिले हेर्दा रहेछन् । साली–भिनाजु जिस्किनुलाई सामान्य मानिन्थ्यो । र, उरण्ठेउलो पारामा म पनि जिस्किदिन्थेँ । गाउँघरमा यसलाई सामान्य माने पनि सहरको सवालमा यसको अर्थ बेग्लै लाग्नेरहेछ । भिनाजुको क्रियाकलापलाई नजरअन्दाज गर्दै गएँ, आखिर म उहाँको साली न हो । तर, विस्तारै–विस्तारै भिनाजुले हिंस्रक र वासनायुक्त व्यवहार देखाउन थालेको महसुस गरें । दिदी नभएका बेला मसँग जबर्जस्ती सम्पर्क गर्न खोज्नुहुन्थ्यो । मेरा संवेदनशील अंगमा स्पर्श गर्ने, उत्तेजनामा ल्याउने खालका कुरा गर्नुहुन्थ्यो । त्यसबाट सजग रहन धेरै प्रयत्न गर्थें । भोकाएको पिशाचजस्तै बेलाबेलामा झम्टिन खोज्नुहुन्थ्यो । कोठाबाट दिदी एकछिन बाहिर जाँदा आफ्नो कर्तुत सुरु भइहाल्थ्यो । हँदा–हँदा घरमा बस्नसमेत डर लाग्न थाल्यो । दिदी बाहिर निस्कनेबित्तिकै आफू पनि निस्किहालौँजस्तो लाग्थ्यो । भिनाजुको घरभित्र प्रवेश नै मेरालागि त्रासदीपूर्ण हुन्थ्यो, मुटु काम्न थाल्थ्यो । भिनाजु कुनै न कुनै बहानामा मलाई बाहिर घुम्न जान अभिप्रेरित गर्नुहुन्थ्यो । सबै कुरा इन्कार गर्न पनि सक्दिनथेँ । विभिन्न प्रलोभन देखाएर बाहिर घुम्न लैजाने बहानामा मसँग गरेको अनैतिक सम्बन्धबारे भनीसाध्य छैन । भिनाजुको कर्तुतबारे दिदीलाई पटक–पटक जानकारी गराएकी थिएँ तर उहाँले मेरो कुरा पत्याउनुको साटो उल्टै थर्काउनुहुन्थ्यो । मेरा कुरा दिदीलाई पत्यार नलाग्नु पनि स्वाभाविकै हो किनकि उहाँले भिनाजुसँग प्रेमविवाह गर्नुभएको थियो । भिनाजुको क्रियाकलापबाट उहाँ अनभिज्ञ हुनुहुन्थेन जस्तो लाग्यो तर किन बुझेर पनि बुझ पचाउनुभयो  त्यो उहाँलाई नै थाहा होला ।
भिनाजुको हिंसा सहन नसकेर बुबालाई फोनमा सबै कुरा सुनाएँ । बुबाले पनि भिनाजुकै सपोर्ट गर्नुभयो । आमालाई पनि सारा कुरा भनेँ तर दिदीभिनाजुको पक्ष लिएर उल्टै गाली गर्नुभयो । बुबाआमाले मलाई चुप लागेर बस् भनेपछि पीडा पोख्ने ठाउँ कतै पाइनँ । मेरालागि दुनियाँ अन्धकारजस्तो भयो । यो दुनियाँमा कोही नभएजस्तो लाग्यो । आफ्नो सतीत्व जोगाउन कहाँ जाउँजस्तो भयो । कसैमाथि विश्वास लाग्न छाड्यो । यता भिनाजुको हिंसा दिनदिनै बढ्दै गइरहेको थियो । कांग्रेस नेता आनन्द ढुंगानासँग काम गर्ने मेरा भिनाजु किन यति निर्दयी बन्नुभयो थाहा भएन । धनुषामा हुँदा यस्तो व्यवहार मैले कहिल्यै पाइनँ । अन्त्यमा मेरो एक जना साथी हुनुहुन्थ्यो सिरहा विद्यानगरका रोशनकुमार यादव । उहाँसँग मित्रता बढाएँ । उहाँलाई आफ्नो सहारा ठानें । जन्मदिने आमाबुबासमेत मेरा नभएपछि दिदीभिनाजु आफ्नो हुने कुरै भएन । हिम्मतका साथ रोशनसँग सम्बन्ध स्थापित गर्दै गएँ । भिनाजुको सिकार हुनुभन्दा त रोशनसँग बिहे गर्नु नै जाति भन्दै ०७० आसोज ५ गते बिहे गरेँ । सप्तरीका राजदेवीलाई साक्षी राखेर बिहे गरेका थियौँ हामीले । त्यसपछि केही दिन त्यहीँ डेरा लिएर बस्याँै ।
भागेर बिहे गरेका कारण भिनाजुले अपहरण भएको हल्ला चारैतिर फैलाई रोशनलाई दुःख दिनुसम्म दिनुभयो । सभासद्को आडमा प्रहरी प्रशासनलाई प्रभावमा पारेर हामीलाई पटक–पटक दुःख दिने काम भयो । उहाँ मलाई रोशनबाट अलग पार्न चाहनुहुन्थ्यो तर हामीले राजदेवीलाई साक्षी राखेर कसम खाएका थियाँै, ‘जिउँछौँ भने साथै जिउँछौँ र मरे पनि साथै । कुनै पनि हालतमा एकअर्काबाट अलग हुनेछैनौँ ।’ छुटाउन निकै प्रयास भयो । मलाई मात्र होइन कि बिहे गर्न सहयोग पु¥याउने अन्य साथीलाई पनि दुःख दिने काम भयो । बिहे गरेका कारण रोशनको घरपरिवारलाई अनावश्यक टर्चर दिनुका साथै रोशनका साथीलाई पनि धम्क्याउने काम भएछ ।
उमेर नपुगेको भन्दै भिनाजुले दिव्या अपहरणमा परी भनी प्रहरीमा उजुरी नै हाल्नुभयो । उमेर प्रमाणित गराउन सप्तरी जिल्ला अदालतमा निवेदन दिएकी छु । सायद चाँडै उमेरको प्रमाणपत्र पाउनेछु । मैले आफ्ना आमाबुबा गुमाए पनि त्यत्तिकै असल आमाबुबा पाएको छु । रोशनका आमाबुबाले मलाई निकै माया गर्नुहुन्छ । कुनै प्रकारको भेद्भाव छैन । त्यसैले रोशनसँग नछुट्टिने कसम खाएकी छु । एउटै कुरा जान्न चाहन्छु कि पशुवत व्यवहार देखाएर भिनाजुले ममाथि के गर्न खोज्नुभएको हो ? त्यस्तो नीच व्यवहार गरेर मेरो घरवार बिगार्नुभन्दा आफ्नै घरवार सपार्नतिर लाग्नु बरु उत्तम होला कि ?
source nepali aawaj




प्रतिक्रिया दिनुहोस्...