शाहिदकी हुनेवाला पत्निको अर्कैसँग प्रेम !



हुन त बलिउडमा प्रेम सम्बन्ध जुटेका र टुटेका खवर बनिनै रहन्छन् । तर पछिल्लो समयमा बढी चर्चामा छन् । अभिनेता शाहिद कपुर । शाहिद कपुरले दिल्लीकी युवती मीरा राजपुतसँग विवाह गर्ने तयारीमा रहेको जानकारी सार्वजनिकरुपमै दिएका छन् ।



भारतीय मिडियामा भने शाहिदकी पत्नी हुन लागेकी मीराको अर्कैसँग प्रेम सम्बन्ध रहेको भन्दै हंगामा भएको छ । मीराका लागि शाहिद भन्दा अगाडी अरु नै राजकुमार रहेको भारतीय सञ्चार माध्यममा चर्चा छ ।

मीराको यस अघि आदित्य लाल नामका युवकसँग सम्बन्ध रहेको र यो सम्बन्ध हालै मात्र ब्रेकअपमा बदलिएको समेत समाचारमा जनाइएको छ ।

बलिउड लाइफ डटकमका अनुसार यी २ जनाबीच निक्कै लामो समय सम्म प्रेम सम्बन्ध थियो । उनीहरु लामो समय डेटिङ पछि हालै मात्र छुट्टिएका थिए ।

आदित्य लण्डन जानु अघि उनीहरुबीच सम्बन्ध टुटेको बताइएको छ । अघिल्लो वर्ष समेत आदित्यले मीरासँग नजिक हुने कोशिस गरेपनि मीरा शाहिदसँग नजिकिएका कारण उनीहरुबीच सम्बन्ध स्थापित हुन नसकेको समेत बताइएको छ । source taja khabar






प्रतिक्रिया दिनुहोस्...