"रानीबारी हत्याकाण्डको रहस्य खोल्यो, दुई पक्राउ
प्रहरीले चर्चित रानीबारी हत्याकाण्डको रहस्य सुल्झाउँदै दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गरेको छ। उनीहरूलाई केहीबेरपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ।
घटनाको १२ वर्षपछाडि प्रहरीले हत्याकाण्डको अनुसन्धानमा सफलता पाएको हो। उच्च प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरू सोही घरको माथिल्लो तलामा बस्नेलाई मार्न गए पनि इन्जिनियर दम्पती मारिएको दाबी गरेको छ।
सो घरको माथिल्लो तलामा गीता खड्का बस्थिन्। बैदेसिक रोजगारसम्बन्धी काम गर्ने उनी घटनापछि मुलुकबाहिर छिन्। प्रहरीका अनुसार खड्का उनी पासपोर्टमा तस्बिर फेरेर मानिसलाई विदेश पठाउने काममा संलग्न थिइन्।
