"अदालतमा सेटिङ मिलाएर डन छुटाउन करोडौंको खेल
काठमाडौं,चैत १७ – पछिल्लो समय प्रहरी निष्क्रिय भएको छ भने गुण्डाहरु फेरि सक्रिय भएका छन् । पैसा र राजनीतिक आडमा गुण्डाहरु एक जुट भएर बलियो हुँदै गएका छन् । अपहरण र लागूऔषध मुद्दामा जेल परेका एक गुण्डा पैसा र नेताको आडमा जसरी पनि छुट्ने अभियानमा लागेका छन् । गत भदौमा लागूऔषधसहित पक्राउ परेका काभ्रेली समूहका दावा लामा करोडौं खर्च गरेर छुट्ने तयारीमा छन् ।
अदालतमा सेटिङ मिलाएर उनी छुट्न लागेका हुन् । १६ ग्राम खैरो हेरोइनसहित महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको थियो । जुन मुद्दामा उनलाई १० वर्षसम्म कैद हुनसक्छ । स्रोतका अनुसार लामासँग करिब १० करोडको सम्पत्ति छ । लागूऔषध मुद्दामा सफाइ पाउन २ करोड रुपैयाँसम्म खर्च गर्ने उनले आफ्ना निकट व्यक्तिहरुलाई बताउने गरेका छन् ।
एक करोडभन्दा धेरै त खर्च गरिसकेका छन् । महँगा वकिल राखेर उनी मुद्दा लडिरहेका छन् । उनलाई छुटाउन गुण्डाकै पृष्ठभूमिका कांग्रेस सभासद् तिर्थ लामा,मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता गणेश लामालगायतका व्यक्तिहरु सक्रिय भएका छन्,आजको दृष्टि साप्ताहिकले खबर लेखेको छ ।source:medianp
