स्वाइन फ्लुबाट फेरि एक महिलाको मृत्यु



काठमाडौं, चैत ६

स्वाइन फ्लु  संक्रमण भइ  ग्रिनसिटी हस्पिटलमा भेन्टिलेटरमा रहेकी ४३ वर्षीया एक महिलाको मृत्यु भएको छ । बुटवल, रुपन्देहीवाट ती महिलालाई थप उपचारको लागि राजधानीको अस्पतालमा रेफर गरिएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।

यो मृत्यु संगै स्वाइन फ्लुले मर्नेको संख्या चार पुगेको छ । यस अघि मोडेल अस्पतालमा एक महिला, ओम अस्पतालमा एक पुरुष र किष्ट मेडिकल कलेजमा एक पुरुष गरी तिन जनाको मृत्यु भएको थियो ।

'सास फेर्न गार्हो भएर ति महिलालाई भेन्टिलेटरमा राख्न यहा पठाइएको थियो',गि्रन सिटि अस्पतालका मेडिकल डाइरेक्टर डा.रोमियो कंसाकारले भने-'यहा आए पछि हामीले थप परिक्षणको लागि पठाउदा स्वाइन फ्लु भएको पुष्टि भयो ।' भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar




प्रतिक्रिया दिनुहोस्...