"४५ लाख रुपैयाँ जमानत तिर्न नसक्दा फेरि जेल जाने भए पारस



काठमाण्डु, ४ चैत–
केही दिनअघि लुंखाइ अदालतबाट छुटेका पूर्वयुवराज पारस शाहले जमानत तिर्न नसकेका कारण फेरि जेल जाने सम्भावना रहेको छ ।

करिव १५ लाख भाट (नेपाली ४५ लाख) तिर्न परिवारलेसमेत आनकानी गरेका कारण पुनः जेल जाने सम्भावना बढेको हो । लागुऔषधको मुद्दामा गत असोज २४ गते जेल परेका पारसका परिवारले रकम दिन नसक्ने जनाएपछि जमानतमा बस्न लागेका पारसका वकिलसमेत निराश देखिएका छन् ।

अदालतले जमानतमा छाड्नका लागि सबै कागजात पूरा गर्न आदेश दिएलगत्तै वकिल साक्छाईले पूर्वयुवराज भएको र लागुऔषधसहि तयथेष्ट प्रमाण नभएको कागजात अदालतमा पेश गरेका थिए ।

 ‘सबै कागजात पूरा भए पनि रकम अभाव भएपछि उहाँलाई जेलबाट छुट्करा दिन नसकिएको हो’, वकिल निकट एक व्यक्तिले भने ।
source:taja khabar




प्रतिक्रिया दिनुहोस्...