"आठ वर्षदेखि बेपत्ता छोरीले पठाइन् यस्तो खबर, ‘बाबालाई छोरी कुवेतमा बाँचेकी छे भन्दिनू



कुवेत, ११ चैत– ‘मलाई त घरमा सबैले मरिसके भन्ने ठाने होला,’ संगीता लिम्बुले यसो भनिराख्दा नजिकका उनकी संगिनीले तत्काल भनिन्, ‘घ्यावा’ (अन्येष्टिपछि गरिने काजक्रिया) पनि भइसक्यो कि ?

संगीताले यसो ठान्नु स्वाभाविकै थियो । बितेको आठ वर्ष देखि उनी परिवारको सम्पर्कमा छैनन् । कुबेत आएको दुई महिनापछि एकपल्ट मात्रै बाबालाई फोन गर्दै आफू सन्चो भएको खबर सुनाएकी थिइन् । ‘बाबा म कुबेत आइपुगें है,’ त्यतिखेर भनेकी थिइन्, ‘सन्चै छु ।’ यति वाक्य अहिले पनि सम्झिरहेकी छन् ।
पृथ्वीनगर, झापाकी संगीता आठ वर्षपछि आफू काम गरेको घरबाट भागेर नेपाली दूतावासमा एक महिनाअघि आइपुगेकी थिइन् ।
‘पहिलोपटक भेटिँदा त नेपाली बोल्न पनि आउदैँनथ्यो । नेपाली भाषा बोल्नै बिर्सिसकिछे,’ स्याउले, सिनधुपाल्चोककी जिनाकुमारी श्रेष्ठले भनिन्, ‘हामीसँग भेट भएपछि बल्ल बिस्तारै नेपाली भाषा बोल्न सकेकी हुन् ।’
आठ वर्षसम्म कुबेती नागरिक जबमर अलीको घरमा काम गरेकी लिम्बुले तलब पनि पाएकी छैनन् ।
source:taja khbar




प्रतिक्रिया दिनुहोस्...