"रेलभित्र निदाएकी महिलालाई एक पुरुषले गरे यौन दुर्ब्यवहार
गत अक्टोबर महिनामा अमेरिकाको न्यूयोर्कमा सव वे ट्रेनमा चढेर यात्रा गिररहेको अवस्थामा एलिसा लोपेज रेलमै निदाइन । उनी निदाएको मौका पारेर एक पुरुषले भने उनीमाथि यौन दुर्ब्यवहार गरे ।
३ वर्ष अघि रेलमा यौन दुर्ब्यवहार गरेका ब्यक्तिलाई अमेरिकी पुलिसले अहिले पक्राउ गरेको छ । खासमा ती महिला निदाएको समयमा यौनिक आक्रमण गर्ने पुरुषको गतिविधी यात्रुहरुले भिडियो बनाएर सार्वजनिक गरेपछि पुलिसले पक्राउ गरेको हो ।
आक्रमण गर्ने पुरुष
आक्रमण गर्ने पुरुष
गत हप्ता मात्र पुलिसले लोपेज समक्ष उनीमाथि यस्तो कृत्य गर्ने ४३ वर्षीय कार्द्यवस चुभालाई लिएर प्रहरी आइपुग्यो ।
ती पुरुषलाई प्रहरीले यौनजन्य आक्रमणको अभियोग लगाएको छ । घटनाको भिडियो बनाएर अनलाइनमा शेयर गर्ने जाशिम स्माइलेलाई समेत प्रहरीले सहयोग नगरेको भन्दै मुद्धा चलाउने तयारीगरेको छ । यद्यपी उनले आफ्नो सुरक्षाका कारणले सहयोग गर्न नसकेको दावी गरेका छन् ।source"taja khabar
