शाहरुख खानले ३ लाख ३२ हजार जरीवाना तिर्नु पर्ने



सोमबार मात्र नेपाल आएर फर्किएका बलिउड अभिनेता शाहरुख खानलाई झन्झट आइलागेको छ । बलिउडका बादशाह पनि भनिने खानलाई मुम्बइ प्रशासनले घर अगाडी अनावश्यक पार्किङ बनाएर भत्काउन बाध्य पारेको भन्दै त्यसमा लागेको खर्च तिर्न आदेश दिएको छ ।


केही समय अघि मात्र शाहरुख खानको घर अगाडी डोजर हालिएको थियो । त्यहाँ रहेको पार्किङ र्‍याम्प हटाइएपछि प्रशासनले त्यसको खर्च समेत असुल्न लागेको हो ।

भारतीय सञ्चार माध्यम अनुसार मुम्बई महानगरपालिकाको स्थानीय ऐन अनुसार शाहरुखले २ लाख भारु अर्थात ३ लाख ३२ हजार रुपैयाँ तिर्नु पर्नेछ । source nepaliheadlines






प्रतिक्रिया दिनुहोस्...