"जेल गएपछि छोरा सुध्रियो : ज्याकी चेन



अभिनेता ज्याकी चेनले जेल बसेपछि आफ्नो छोरा सुध्रिएको बताएका छन। ज्याकीले हगंकगंको ‘ओरेन्टल मोर्निङ पोष्ट’सँग कुरा गर्दै उक्त कुरा बताएका हुन। ज्याकी ३२ वर्षिय छोरा ज्यासी जेन  लागुऔषध प्रयोग मामिलामा जेल परेका थिए। उनले सो मामिलामा ६ महिना जेल सजाय काटेका हुन।

छोरामा आएको सुधारमा कुरा गर्दै ज्याकीले भने, ‘पहिले उ धेरै भावुक र गैर जिम्मेवार थियो तर अब ऊ आफ्नो जुतालाई सही तरिकाले राख्छ र आफ्नी आमाले पकाएर दिएको जुन कुनै खाना पनि सबै खान्छ। यहाँसम्म कि खाएका जुठा भाडा उठाउने एवम् कपडा मिलाउने काममा समेत सहयोग गर्छन।’ ज्याकीले छोरामा आएको  परिवर्तनलाई इंगित गर्दै ‘छोरालाई हर वर्ष ६ महिना जेलमा राख्नुपर्छ’ भनेर छोरासँग ठट्टा गर्ने गरेको बताए।
आफ्नो उक्त ठट्टामा छोराले पनि 'जेलको शान्त वातावरणमा गीत लेख्न सकिने भएकाले आफूलाई जेलमा राखिदिने व्यव्श्था मिलाइदिनु' भनेर अनुरोध गरिदिन भन्ने गरेको बताए।souce:taja khabar




प्रतिक्रिया दिनुहोस्...