मलाई अहिले सम्म प्रेम प्रस्ताव नै आएन'....बिमला तामाङ
२०७१ फाल्गुन २२ शुक्रबार
धादिङको विकट गाविस सेम्जोङमा जन्मिएकी विमला अहिले चर्चित सेलिब्रेटी बनेकी छन्।
हाल काठमाडौंको रेडन कलेजमा प्लस टु अध्ययनरत १८ वर्षीया विमला कुनै चलचित्र र मोडलिङमा लागेर
सेलिब्रेटीको सूचीमा दरिएकी होइनन्।
६ महिनाअघि दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औं एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई
एकमात्र कांस्य पदक दिलाएपछि विमलाले नेपालको इज्जतमात्र राखिनन्, त्यसपछि फुच्ची विमलाको उचाइ
सगरमाथाभन्दा माथि पुग्यो।
