"फेसबुकमा लेखेको कुरा काल बनेर आएपछि…..
२०७१ चैत ६ गते
कहिलेकाहीँ जिवनमा आफैले प्रतिपादन गरेका खतरनाक सिद्धान्तहरु तथा हासिमजाकमा भनेका कुराहरु मृत्युको रुपमा आफ्नो अगाडि आउाछन् तब त्यसप्रति विश्वास गर्न नै कठीन हुन्छ । यस्तै एक घटना ब्राजिलमा भएको छ ।
ब्राजिलको जुलियो डी मेस्किटा विश्वविद्यालयमा अध्ययनरत एक २३ वर्षीय छात्र ह्युम्बर्टो मोराले केही महिना पहिले आफ्नो फेसबुक वालमा एक कविता अंश पोष्ट गरे । जसमा लेखिएको थियो ‘निरास भएर बााच्नु भन्दा भोड्का पिएर मर्न जाति, अर्थात् it is better to die from vodka than from boredom’ । वास्तवमा त्यो मोराको आफ्नो भनाइ थिएन, एक रुसी कवीको चर्चित कविताको कविता अंश हो त्यो ।
तर फेसबुकमा लेखेको त्यो कुरा उनको जिवनमा यथार्थ बनेर आयो । केही समयअघि भएको भोड्का पिउने प्रतियोगितामा उनले भाग लिए । प्रतियोगिताका बेला एक मिनेटमा २५ पेग भोड्का पिए उनले । उनले बाचा मुताविक भोड्का त पिए तर त्यो उनका लागि काल बन्यो ।
धेरै भोड्का पिएपछि उनी अचेत बने र उनलाई उपचारका लागि अस्पताल लगियो । अस्पताल नपुग्दै बाटोमै उनको ज्यान गयो । उनीमात्र होइन प्रतियोगितामा भाग लिने अन्य केही उनका साथीहरु पनि नराम्ररी बिरामी परेको बताइएको छ ।
यो घटनापछि प्रहरीले भोड्का पिउने प्रतियोगिताको आयोजना गर्ने आयोजकको खोजी गरिरहेको छ । विश्वविद्यालयले मोराको निधनप्रति दुख व्यक्त गरेको छ । – एजेन्सीको सहयोमा भिडियो हेर्न तलको बाकस थिच्नुहोस
