पत्रकार अक्रमणमा संलग्न पक्राउ..
२३ फागुन - झापाबाट प्रकाशन हुने ‘अर्जुनधारा दैनिक’का पत्रकार रेजिना रोदन र नेपाल पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमण गरी फरार रहेकामध्ये बिर्तामोड नगरपालिका–६ निवासी १९ वर्षीय विनायक मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ ।
आक्रमणमा संलग्नमध्ये शनिश्चरे–९ निवासी मनीष सुब्बा तथा बिर्तामोड–६ निवासी दुर्गा धिमाल र अमन सुब्बालाई स्थानीयवासीको सहयोगमा प्रहरीले सोही दिन राति नै पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनामाथि अहिले झापा जिल्ला अदालतमा मुद्दा चलिरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका नायब प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।
यसैबीच प्रहरीले झापाको बिर्तामोडमा लामो समयदेखि चोरीमा संलग्न रहँदै आएका दुई युवालाई ठूलो परिमाणमा चोरीका सामानसहित पक्राउ गरी आजै सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले गोप्य सुराकीका आधारमा बिर्तामोड–५ तबिलवाडी निवासी १९ वर्षीय रञ्जित राजवंशी र २० वर्षीय सुनिल राजवंशीलाई चोरीका सामग्रीसहित पक्राउ गरेको हो । source osnepal
