"नेपाली युवती अफ्रिकाका डान्सबार पुर्याउने गिरोह पक्राउ (गिरोहको सञ्जाल कस्तो थियो हेर्नुहोस् तस्बिर )



काठमाण्डु, ३ चैत– नेपाली युवतीहरूलाई अफ्रिका र केही एसियाली मुलुकका डान्सबारमा बिक्री गर्ने सात भारतीयसहित केही नेपालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरी सार्वजनिक गरेको छ ।
unnamed (1)पक्राउ पर्नेमा ललितपुर इमाडोलका ३४ वर्षीय राजन भनिने राजेन्द्र सुवेदी खत्री, काठमाण्डु–७, वटुका ३७ वर्षीय सविन श्रेष्ठ भनिने सविन राजा मानन्धर, भारत नयाँ दिल्लीका २७ वर्षीय तरुण रोजना खनगवाल छन् । व्यूरोले पक्राउ गरेका अन्यमा काठमाण्डु इचङ्गु– ६ का ३२ वर्षीय ललितराज सिंह सुवाल, विराटनगर–७ का ३२ वर्षीय सुनिल अधिकारी, संखुवासभा आँखीभुँइ–८ का केदारबहादुर खड्का, धनकुटाका ३४ वर्षीय नविन दाहाल लगायत छन् ।
सांस्कृतिक, मनोरञ्जनात्मक कार्यक्रमका लागि भन्दै नेपाली दलालहरूले नेपाली युवतीहरूको भिसा मिलाइदिने गर्थे । प्रहरीको दावीअनुसार नेपालका डान्सबारहरूमा काम गर्ने युवतीहरूलाई आकर्षक तलवको प्रलोभनमा पारेर विदेश पु¥याउने गर्थे । त्यस्ता युवतीहरूको आकर्षक पोशाक, मुद्रा र साजसज्जामा मोडल बनाएर फोटो खिचाइन्थ्यो । ति फोटाहरू विदेशमा रहेका दलाललाई पठाएर युवतीहरूको मोलमलाई हुने गरेको प्रहरीले जनाएको छ ।
आकर्षक तलवको प्रलोभनमा परेर विदेश पुग्ने युवतीहरूले तलब नपाउने, बन्दी भएर बस्नु पर्ने, यातना खेप्नु पर्ने जस्ता समस्या यसअघि नै सार्वजनिक भएका थिए ।
पक्राउ परेका अभियुक्तहरूको साथबाट प्रहरीले मोडल बनाएर खिचीएका ६३ वटा फोटाहरु फेला पारेको छ । त्यस्तै २४ वटा पासपोर्ट, १२ वटा नागरिकता आदि फेला पारेको छ । अभियुक्त सविन राजा मानन्धरको घरबाट प्रहरीले ७० लाख ५० हजार प्राप्त गरेको विल बरामद गरेको छ ।

नेपालबाट सोझै र भारत हुँदै विभिन्न मुलुक पुग्ने प्रक्रिया ।



unnamed

विदेशी दलाल र नेपाली दलालबीच भएको कनेक्सन् ।

unnamed (3)

दलालहरुको सञ्जाल र विदेश पु¥याउन नेपाली दलालले युवतीहरुलाई मोडलको रुपमा तयार पारेर खिचीएका तस्बिरहरू ।
source:taja khabar





प्रतिक्रिया दिनुहोस्...