सलमानको खुलासा, ‘म अझै कुमार छु, बिहेको लागि कार्ड पनि छापिएको थियो’



बलिउडका अविवाहित चर्चित नायक सलमान खान अझै पनि कुमार छन् भन्ने सुन्दा तपाइलाई पनि अचम्म लाग्न सक्छ । बलिउडका सुन्दर नायिकाहरुसँग बारम्बार नाम जोडिने सलमानले आफूलाई कुमार भएको बताउँदा धेरैले पत्याउदैनन् पनि ।salman-khanतर निर्देशक करण जोहरको चर्चित शो ‘कफी विथ करण’मा आफ्नो जीवनको राज खोल्दै उनले आफू कुमार रहेको खुलाएका हुन् । सलमानले आफूलाई एक्लै सुत्न मन पर्ने पनि खुलाएका छन् ।
उनले समाजले आफूहरुलाई बिहे भन्दा अघि यस्तो खालको सम्बन्ध राख्नको लागि टाढै राखेको समेत बताएर सबैलाई चकित बनाइदिएका छन् । उनले पूर्व प्रेमिका संगीता विज्लानीसँग बिहेको कुरा पनि भैसकेको खुलाएका छन् । संगीतासँगको बिहेका लागि कार्ड पनि छापिसकेको सलमानले खुलाए । तर आफूले उनलाई चिट गर्दा ब्रेकअप भएको सलमानको तर्क छ ।source hot kahabr





प्रतिक्रिया दिनुहोस्...