"बधाई ! वैवाहिक बन्धनमा बाधिंइन् नायिका सुमिना घिमिरे ।



नायिका सुमिना घिमिरे वैवाहिक बन्धनमा बाँधिएकी छिन । सोमबार प्रेमी रोशन सापकोटासँग उनको बिधिवत रुपमा विवाह सम्पन्न भएको हो ।

नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङक्वेटमा वैवाहिक समारोह आयोजना गरिएको हो । मध्यान्ह १२ बजे ब्याङकेटमा दुलाह तर्फबाट जन्ती पुगेका थिए । त्यसपछि दुवै पक्षले आफन्तहरुबीच हिन्दु परम्पराअनुसार विधिपुर्वक स्वयम्वर गरे । विवाह समारोहमा सुमिना केहि नर्भस देखिन्थिन ।
समारोहमा फिल्म क्षेत्रका ब्यक्तिहरुको उपस्थिति अत्यन्त न्युन रह्यो । नायक मुकेश आचार्य र नायिका कल्पना शाही दम्पतीबाहेक अन्य फिल्मकर्मी समारोहमा देखिएनन । तर काँग्रेसका विभिन्न नेता कार्यकर्ता भने समारोहमा देखिए । sसुमिना पति रोशन पेशाले पाइलट हुन । उनले केहि म्युजिक भिडियोमा मोडलिङसमेत गरेका छन । सुमिना भने फिल्म दुलहि बाट रजतपट डेब्यु हिरोइन हुन । त्यसयता उनले करिब दुई दर्जन फिल्ममा काम गरिसकेकी छिन । उनको भीमदत्त प्रदर्शन भइरहेको छ भने माला प्रदर्शनको तयारीमा छ । विवाहपछि फिल्ममा काम नगर्ने उनले बताइसकेकी छिन।source:namste filmy




प्रतिक्रिया दिनुहोस्...