परिवारैलाई एड्स भएपछि इन्जिनियरले श्रीमती र छोरीहरुलाई जिउँदै जलाए



भारतको अहमदावादमा एड्स लागेको थाहा पाएपछि एक दम्पतीले सपरिवार आत्महत्या प्रयास गरेका छन्। सो क्रममा आमा र दुई छोरीको मृत्यु भएको छ।


भारत मध्यप्रदेशका ३९ वर्षे एक इन्जिनियर सरकारी जागिरे थिए। सात महिनाअघि  उनले आफूलाई एड्स भएको थाहा पाए। श्रीमतीलाई जचाए। उनमा पनि एचआइभी एड्स संक्रमण देखियो। उनीहरुका ९ र २ वर्षका दुई थिए। छोरीहरुको रगत परीक्षणमा समेत एचआइभी पोजेटिभ भएको रिपोर्ट आयो।

परिवारका सबैलाई एड्स भएको थाहा पाएपछि इन्जिनियर दम्पतीले सपरिवार आत्महत्या गर्ने योजना बनाए।  योजना अनुसार २८ फेव्रअरीमा उनीहरु घुम्न अमरावती गए। फर्कदा कारमा आगो लगाएर सबैले आत्महत्या गर्ने योजना थियो। दुई अबोध बालिकाहरुलाई बाबुआमाको योजनाको छनक समेत थिएन। उनीहरु अमरावतीमा रमाए।

पूर्व योजनाअनुसार फर्कदा इन्जिनियरले मार्च ३ मा बेतुल जिल्लाको मुल्ताई भन्ने ठाउँमा श्रीमती र दुई छोरीलाई कारभित्रै छाडेर कारमा आगो लगाए। अरु मरेपछि आफूले आत्महत्या गर्ने योजना उनले श्रीमतीलाई सुनाएका थिए।


कारमा ह्वारह्वार्ती आगो बल्न थाल्यो। दुई बालिका बचाउ बचाउ भन्दै चिच्याउन थाले। छोरीहरुको क्रन्दन सुनेर आमाको मन बदलियो। उनले छोरीहरुलाई बचाउन श्रीमानसँग आग्रह गरिन्। तर ढिलो भइसकेको थियो। श्रीमानले प्रयास त गरे तर उनीहरुलाई बचाउन सकेनन्। उनकै आँखा अगाडि श्रीमती र दुई छोरीहरुले प्राण त्यागे।

घटनापछि विक्षिप्त इन्जिनियरले भने आत्महत्या गर्ने विचार बदलेे र मुम्बई हानिए।

उकुसमुकुस भएका उनले सबै कुरा मनमै राख्न सकेनन्। घटनाका बारेमा आफन्तलाई बताए। सबैले उनलाई प्रहरी आत्मसमर्पण गर्न सल्लाह दिएपछि उनी प्रहरीमा पुगे।

आत्मसमर्पण गरेका उनलाई  बुधवार अदालत उपस्थित गराइने मध्यप्रदेश प्रहरीले जनाएको छ। source a2z khabar




प्रतिक्रिया दिनुहोस्...