नेपाली नायिका रेखा थापा भारतमा यसरी बनिन् महानायिका...
बुधबार, फाल्गुण २७,
अहिलेसम्म नेपाल सरकारले कलाकारितामा लागेका कसैलाई पनि कुनै उपना दिएको छैन । राजेश हमाललाई सबैले ‘महानायक’को उपनामले बोलाउछन् । तर, उनलाई यो उपनाम सरकारले दिएको होईन प्राविधीक संघले दिएको हो ।
लामो समयदेखि नेपाली सिने नगरिमा अभिनय गर्दै आएकी नायिका रेखा थापालाई भने कुनै संस्थाले कुनै उपनाम दिन भ्याएका छैनन् । तर, भारतका विभिन्न १० वटा शहरमा आयोजना भैरहेको ‘होली हंगामा’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी रेखा थापालाई छिन् आयोजकले ‘महानायिका’ भनेर प्रचार गरेको छ ।
रेखा थापाले आफ्नो फेसबुकमा अपलोड गरेका तस्बिरमा पनि उनलाई ‘महानायिका’ भनिएको छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा पुगेकी रेखालाई आयोजकले ‘महानायिका’को उपाधी दिएको हो । के अब भारतबाट फकिर्एपछि रेखालाई चलचित्र क्षेत्रमा ‘महानायिका’ भनिएला ? त्यो भने भोलीको समयले बताउँने छ । source dainikonlinekhabarpana.
