हवाई आक्रमणमा कमाण्डरसहित २६ लडाकू मारिए
सिरियाको मध्य प्रान्त हामा भएको हवाई आक्रमणमा कम्तीमा २६ इस्लामिक स्टेट (आइएस) लडाकू मारिएका सिरियामा जारी द्वन्द्वको निरीक्षण गरिरहेका समूहले शनिबार जानकारी दिएका छन् ।
सिरियाको हामा सहरको पूर्वी इलाकामा पर्ने ओकेइर्बाट सहरमा आइएस लडाकूविरुद्ध गत दुई दिनदेखि सिरियन युद्धक विमानद्धारा हवाई आक्रमण गरिएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।
सो हवाई आक्रमणमा मारिएका आइएस लडाकूहरु मध्ये दुई जना आइएस कमाण्डरसमेत रहेका बताइएको छ । ती दुई जनामा पनि एक भने सिरियन नागरिक नभएको अब्जरभेटरीले बताएको छ ।
अब्जरभेटरीका अनुसार ओकेइर्बाटनजिकै पर्ने जुब अल मजारी सहरमा पनि सिरियन हवाई आक्रमण जारी रहेको छ । source:nepali headline
