.प्रहरीको टाउको फुटाउने गुन्‍डालाई कुनै हालतमा छोडिदैन'



पोखरा : नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले कुनै पनि आवरणमा गुन्डागर्दी गर्नेलाई प्रहरीले नछोड्ने बताएका छन्।


पोखराको लेकसाइडस्थित ओजन डिस्कोमा प्रहरी कुटिएको घट्नालाई लिएर आफूले पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआइजी पंकज श्रेष्ठलाई कडाइका साथ कारबाही अघि बढाउन निर्देशन दिएको भण्डारीले बताए । ‘कानुन अनुसार कार्वाही हुन्छ । व्यक्तिगत रुपमा कसैले दवाव दिएको रहेछ भने भिन्नै कुरा हो । प्रहरी संगठनले त्यस्ता प्रवृतिले संरक्षण गर्दैन। प्रहरीलाई कसैको स्टाटस र टाइटलसग हाम्रो अर्थ छैन, एआइजी भण्डारीले भने।हामीले कानुन अनुसार अपराध गरेको छ छैन, प्रमाणले अपराध गरेको छ छैन हेर्ने हो’ उनले अन्नपूर्ण पोस्‍ट्‍सँग भने ‘ कुन मान्छे उपाध्यक्ष र अध्यक्ष हुन्छ हाम्रो सरोकार हुदैन। अपराध गर्ने जो सुकै भएपनि भएपनि कानुन अनुसार कार्वाही हुन्छ। मैले डिआइजी पनि त्यही निर्देशन दिएको छु ।’

यसैबीच नागरिकको सुरक्षाका लागि डिउटीमा रहेका प्रहरी जवानको टाउको फुटाएको पोखराको घटनपछि प्रहरी मुख्यालयले पार्टीका नाममा दादागिरी गर्ने र कानुन हातमा लिन प्रयास गर्ने कुनै पनि गुन्डालाई नछोडन् विशेष निर्देशन दिएको छ।

प्रहरी मुख्यालयले गुन्डागर्दीमा सम्लग्न सबैलाई तत्काल कारवाहीको दायरमा ल्याउन मातहतका कार्यालयलाई निर्देशन दिएको छ। कारबाहीको दायरा ल्याउनुपर्ने गुन्डाका पक्ष्ँपोषणमा काम  गर्ने प्रहरी अधिकृतमाथि कडा कारवाही गर्ने जनाएको छ। हाल चीन भ्रमणमा रहेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विदेश भ्रमणअघि पनि गुन्डाहरुसँग कुनै पनि प्रकारको सम्झौता नगर्न र गुन्डा तह लगाउने कदममा कुनै पनि दल वा नेताको मुख नहेर्न कडा निर्देशन दिएको स्रोतले बतायो ।

डिउटीमा रहेका प्रहरी जवानको टाउको फुटाएको अभियोगमा पक्राउ गरेका एमाले युवा संघ गण्डकीका उपाध्यक्ष महेन्द्र भोटेका नामले चर्चित शिव गुरुङलाई प्रहरीले गुन्डाको सूचीमा राखेको छ। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा ओजन डिस्को संचालन गदै आएका गुरुङ सहित डिस्कोमा कार्यरत रहेका १४ जना शुक्रवार देखि प्रहरी हिरासतमा रहेका छन्।

प्रहरीले सोमवार पक्राउ परेका मध्ये ३ जनालाई ज्यान मार्ने उद्योगमा र गुरुङ सहित अन्यलाई केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धामा म्याद थपेर थप अनुसन्धान गरिरहेका छ।‘सामाजिक सद्भाव बिथोल्ने कुनै पनि कुरा प्रहरीलाई सह्य हु“दैन’ पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पंकज श्रेष्ठले भने ‘कारवाही गर्ने क्रममा कोहीस“ग पनि सम्झौता गदैनौ ।’ कारवाही गर्नबाट रोक्न आफुलाई कहीबाट दबाब नआएको उनले दाबी गरे । source:taja khabar




प्रतिक्रिया दिनुहोस्...