....बिहे गरि साथमा भएको ९ लाख लुट्यो,र यसरी बेश्या बनायो ....२० बर्षे युबतिको पिडा !
फाल्गुन २४ - पोखराको कस्मेटिक पसलमा रमाइरहेकी युवती । एक युवकसँगको अप्रत्यासित भेट । निरन्तरको भेटले उनीहरूबीच झाँगिएको माया । त्यो मायाले फेरेको बिहेको रूप । त्यसपछि निरन्तर धोकै धोका । कुनै फिल्मको प्लटजस्तै लाग्ने यो सत्यकथा पोखराकी एउटी युवतीको हो ।
'बिहे गरेर करिब महिना दिन पोखराकै एउटा होटलमा राख्यो,' उनले सुनाइन्, 'घर लैजानुभन्दा बुबा-आमा रिसाउने भन्दै मानेन ।' बरु उनले पछि जाउला न आफ्नै घर त हो नि भनेर टार्ने काम गरे । पोखराको महिना दिन लामो बसाइपछि काठमाडांै लगे । त्यहाँ पनि झन्डै महिना दिन होटलमै बिताए । काठमाडौ छाडेर विराटनगर र धरान पनि आए । त्यहाँबाट सोझै भारतको गोरखपुर हान्निए । गोरखपुरमा ६/७ महिना डेरा खोजेरै बसे । युवकले होटलमा वेटर काम गरे । उनले कपडा पसलमा काम गरिन् । साथमा रहेको ९ लाख सकिन लागेको थियो । अचानक लिम्बूले बुबा आमाले बोलाउनुभएको छ नेपाल फर्किनुपर्छ भने । फकिर्ंदा केही दिन बुटवलको एउटा होटलमा बिताए । त्यसपछि काठमाडौं गए । त्यहाँबाट पोखरा जान्छु भनेर निस्किएका लिम्बू बिर्तामोड पुगेछन् । पछि उनलाई पनि बिर्तामोड बोलाए । उनी बिर्तामोड पुगिन् । 'त्यहा पुगेपछि होटलमा काम गर्नुपर्छ भन्दै डर धम्की देखायो,' उनले थपिन्, 'गर्दिन भन्दा कुटपिट गर्यो मार्ने धम्की दियो ।' आफ्नै पति ठानिएको मान्छेले देखाएको हर्कतबाट उनी छाँगाबाट खसेझैँ भइन् । उनले धेरै रात रोएर बिताइन् । धम्की र कुटाइको सामना कति गरिन्, गरिन् हेक्कै छैन । 'मानिनस् भने तेरो फोटो इन्टरनेटमा हालिदिन्छु भन्यो,' उनले आँसु झार्दै भनिन्, 'त्यसपछि ज्यान जोगाउनकै लागि जिउ बेच्न बाध्य भएँ ।' बिर्तामोडमा पनि करिब महिना दिन जति डेरामा बसेर उनीहरू काँकडभिट्टा आए । यहाँ पनि डेरामै बसे । लिम्बूले उनलाई स्थानीय एक होटलमा यौनधन्धाका लागि भर्ना गरिदिए । कतिसम्म भने युवतीले कमाएको पैसा पनि खोसेर लिने गरे । 'अर्कालाई शरीर सुम्पेर मैले कमाएको पैसाले उसले अरू केटीसँग मोज गरेको थाहा पाएँ,' सुनाइन्, 'असह्य भएपछि प्रहरी गुहारें ।' युवती अहिले माइती नेपालको आश्रयमा छिन् । उनका पति भनिएका लिम्बूलाई प्रहरीले जिउ मास्ने बेच्ने ऐनअन्तरर्गत मुद्दा दायर गरेको छ ।source:tholo pokhara
