बिबाहको तयारीमा तीन फिल्मको प्रस्ताव अस्वीकार गरिन कट्रिनाले



मुम्बई । अभिनेत्री कटि्रना कैफले अचेल प्रोफेशनल लाईफलाई भन्दा पर्सनल लाईफलाई बढी महत्व दिन थालेकी छिन् । विभिन्न भारतीय समाचार संस्थाले उल्लेख गरे अनुसार कट्रिनाले हालै ठूला ब्यानरको तीन फिल्मको प्रस्तावलाई अस्वीकार गरेकी छिन् ।

प्रेमी रणबीर कपुरसँग सेटल हुने तयारीमा रहेकी कैटले घरवार बसाल्नकै लागि फिल्म छोडेको बुझिएको छ । काम नगर्ने जानकारी गराए लगत्तै कट्रिनाले साईनिङ एमाउन्ट समेत फिर्ता गरेकी छिन् ।
केही महिनादेखि रणबीरसँग गुपचुप रोमान्समा रमाउँदै आएकी कटि्रनाले सम्बन्धबारे अझै स्वीकारेकी छैनन् । तर, गएको नयाँ वर्षमा उनीहरुले बेलायतमा छुट्टी मनाउने क्रममा औंठी साटासाट गरेको समाचार सार्वजनिक भएको थियो ।
रणबीरले पनि कट्रिनासँग सम्बन्ध भएको अस्वीकार गर्दै आएका छन् तर, उनीहरु गुपचुप भेटघाट भने जारी छ ।
source onlinekhabar




प्रतिक्रिया दिनुहोस्...