१६ बर्षीय किशोरीलाई ६ महिनासम्म बलात्कार गरी गर्भवती बनाउने ६१ बर्षीय पुरुष पक्राउ



चैत ५ गते- देशभर बलात्कारविरुद्धको अभियान चलिरहेको बेला कास्कीमा फेरी अर्को बलात्कारको घटना सार्वजनिक भएको छ । कास्कीको लुम्लेकी १६ बर्षीय किशोरी लगातार विगत ६ महिनादेखि बलात्कृत हुँदै आएको खुलासा भएको हो ।

लुम्लेकै एक विद्यालयको कक्षा ९ मा अध्ययनरत एक किशोरीलाई लुम्ले गाविस वडा नं. ६ का ६२ बर्षीय डिल बहादुर गुरुङ घर्तीले बलात्कार गर्दै आएका हुन् । लामो समयदेखि ती किशोरीलाई विभिन्न प्रलोभनमा पारेर ललाईफकाई बलात्कार गर्दै आएको पीडित किशोरीले बताएकी छिन् । किशोरीको पेट अस्वभाविक रुपमा बढ्न बढ्दै गएपछि परिवारले सोधखोज गरी चेकजाँच गराउँदा ६ महिनाको गर्भ समेत रहेको पाईएको प्रहरीले बताएको छ ।
पक्राउ परेका घर्तीलाई जबरजस्ती करणी मुद्धामा म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीका प्रवक्ता केदार रजौरेले जानकारी दिए । घर्ती लुम्लेकै सिद्ध निमाविको व्यवस्थापन समिति समेत रहेको पाईएको छ ।source tajakhabar






प्रतिक्रिया दिनुहोस्...